एजेन्सी – शुक्र ग्रहलाई भौतिक सुख सुविधाको कारक ग्रह मानिन्छ। शुक्र ग्रह शुभ स्थितिमा भएको खण्डमा भौतिक सुखका साथ-साथै प्रेम जीवन सकारात्मक रहने ज्योतिषीहरु बताउँछन्।
हरेक ग्रहले झैं शुक्रले पनि समय-समयमा राशि परिवर्तन गर्छ। राशि परिवर्तन गरे अनुसार हरेक राशिमा शुक्रको फरक-फरक असर रहन्छ।
शुक्र ग्रह एक राशिमा कस्तो अवस्थामा छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।
यसै बीच शुक्रले यहि अप्रिक १० मा राशि परिवर्तन गर्दैछ। अप्रिल १० पश्चात शुक्र मेष राशिमा हुनेछ। शुक्र मेष राशिमा प्रवेश गर्दा त्यसको असर हरेक राशिमा पर्नेछ।
कुन राशिलाई कस्तो फल ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
शुक्र ग्रहको राशि परिवर्तन मेष राशि हुनेहरुका लागि लाभदायक सावित हुनेछ। परिवारमा रहेका समस्या देखि छुटकारा मिल्नेछ। व्यवसायमा परिवारको सहयोग रहनेछ। आत्मविश्वासमा पनि बढ्ने देखिन्छ भने आर्थिक स्थिति मजबूत भएर जानेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
शुक्रको राशि परिवर्तनसँगै वृष राशि हुनेहरुको खर्च बढ्ने देखिन्छ। नसोचेको क्षेत्रमा खर्च बढ्दा आर्थिक समस्या निम्तिन सक्छन्। सकेसम्म बोलि तथा व्यवहारमा नियन्त्रण राखेकै उचित होला। गरिएका यात्रा निरर्थक हुन सक्ने सम्भावना पनि देखिन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शुक्रको राशि परिवर्तन मिथुन राशि हुनेहरुका लागि विभिन्न कोणबाट लाभदायक सावित हुनेछ। प्रेम जीवन राम्रो रहनेछ। परिवारबाट अपेक्षाकृत सहयोग मिल्नेछ। मान-सम्मान प्राप्त हुँदा दायित्व पनि बढ्नेछ। आर्थिक रुपमा पनि समय सकारात्मक नै रहने देखिन्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कामकाजको क्षेत्रमा सकारात्मक परिणाम हात लाग्नेछन्। नयाँ कार्य थालनीको अवसर जुर्नेछ। धेरै समय देखि थाँती रहेका खरिद-बिक्रि योजना सफल हुनेछन्। आर्थिक स्थिति थप मजबुत बन्द परिवारको माहोल पनि राम्रो रहनेछ। प्रेम जीवनमा पनि सकारात्मक परिवर्तन हुने देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शुक्रको राशि परिवर्तनले सिंह राशि हुनेहरुको जीवनमा सकारात्मक परिवर्तन गराउने देखिन्छ। यात्राका अवसर जुर्नेछ्न्। धार्मिक यात्राले मनलाई शान्त राख मद्दत गर्नेछ। सामाजिक रुपमा मान-सम्मान प्राप्त हुने योग पनि देखिन्छ। हरेक कार्यमा परिवारका र मित्रजनको साथ मिल्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
शुक्रको राशि परिवर्तन कन्या राशि हुनेहरुका लागि मध्यम फलदायी रहने देखिन्छ। आर्थिक रुपमा समय सुखद नै रहनेछ। लगानीले राम्रै प्रतिफल दिनेछन्। यधपी नयाँ कार्य थालनी गर्ने योजना भने सफल हुने देखिँदैन। शारीरिक रुपमा स्वास्थ्यले साथ दिए पनि मानसिक तनावले भने सताउन सक्ने देखिन्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
शुक्र ग्रहको राशि परिवर्तनले प्रेम जीवन तथा पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। परिवारमा रहेका मतभिन्नता हटेर जानेछन्। कार्यक्षेत्रमा सहकर्मीहरुको सहयोग रहनेछ। सोचेका सबै कार्य सफल हुँदा आर्थिक रुपमा पनि मजबुत महशुस पनि हुनेछ। कलाक्षेत्रमा रहनेहरुका लागि पनि समय सुखद रहने देखिन्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शुक्रको राशि परिवर्तन वृश्चिक राशि हुनेहरुका लागि खासै लाभप्रद रहने देखिँदैन। खर्च बढ्दा आर्थिक रुपमा समस्या आइलाग्नेछन्। सोचेका काम नबन्दा मन विचल्लित रहनेछ। यधपी विद्यार्थीहरुका लागि भने समय धेरै नै सुखद रहने देखिन्छ। त्यस्तै जागिरेहरुका लागि पनि समय लाभप्रद नै रहन सक्ला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
शुक्रको राशि परिवर्तन पश्चात पारिवारिक रुपमा माहोल केहि बिग्रिएपनि प्रेम जीवन भने सुखद नै रहला। प्रेमिकासँग टाढाको यात्रा हुने देखिन्छ। आर्थिक स्थितिमा पनि सुधार हुने देखिन्छ। खर्चमा भने नियन्त्रण आवश्यक रहला। कानुनी रुपमा पनि समय सुखद रहने अनुमान लगाउन सकिन्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
शुक्रको राशि परिवर्तनले मकर राशि हुनेहरुको जीवनमा सकारात्मकता ल्याउनेछ। सुख-सुविधामा वृद्धि हुनेछ। धेरै समय देखि बनाएका योजना सफल हुनेछन्। सवारी साधन तथा गर-गहना जोड्न सक्षम भइनेछ। पारिवारिक माहोल पनि आफूले सोचे जस्तै रहनेछ। प्रेमी-प्रेमिकासँग पर्याप्त समय व्यतित गर्ने अवसर पनि मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शुक्रको राशिपरिवर्तन पास्चर कुम्भ राशि हुनेहरुको भाग्योदय हुने देखिन्छ। डुबिसकेको धन फिर्ता आउनेछ। गरिएका लगानीहरुले उचित प्रतिफल दिनेछन्। व्यवसायमा मात्र नभई रोजगारको क्षेत्रमा पनि अपेक्षा गरिए जस्तै लाभ मिल्नेछ। वैदेशिक यात्राको योग पनि देखिन्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
शुक्रको राशि परिवर्तन मीन राशि हुनेहरुका लागि मिश्रित रहने देखिन्छ। आर्थिक लाभ राम्रै भएपनि खर्च बढ्दै समस्या पर्न सक्छ। स्वास्थ्यमा समस्या देखिँदा दैनिकी नै प्रभावित हुन सक्ला। परिवारको पूरा सहयोग मिलेपनि कार्यक्षेत्रमा शत्रुको षड्यन्त्र बढ्न सक्छ। शिक्षाको क्षेत्रमा भने भने जस्तै प्रतिफल मिल्ने देखिन्छ।