फेशियल गर्न किन जानु पर्यो पार्लर, दही प्रयोग गरेर यसरी घरमै चम्काउनुहोस् अनुहार ![तरिका सहित]

चम्किलो र चमकदार छालाको लागि महिलाहरु पार्लरमा गएर फेशियल गर्छन्। छालाको हेरचाहको लागी फेशियल गर्न निकै जरुरी हुन्छ। तपाईले  पार्लरमा गएर  फेशियल  गर्नुको सट्टा  घरमै घरेलू चीजको प्रयोग गरेर फेशियल गर्न सक्नुहुन्छ।  तपाईले घरमा नै  दहीको प्रयोग गरेर चमकदार छाला पाउन सक्नुहुन्छ। दहीले स्टेप टू स्टेप फेशियल गरेर आफ्नो छालालाई स्वस्थ बनाउनलाई अपनाउनुहोस् यी विधि :-

कसरी गर्ने दहीले फेशियल ?

हप्तामा एकपटक अनुहारको  फेशियल गर्न जरुरी रहेको छ। प्राकृतिक चीज  प्रयोग गर्नाले अनुहारमा कुनै पनि अन्य असर हुदैन। प्राकृतिक चीजबाट केहि मान्छेलाई एलर्जी हुन्छ।  यदि प्राकृतिक चीजले एलर्जी हुन्छ भने  ति प्राकृतिक चीजलाई प्रयोग नगर्नुहोला।

१.  क्लीजिंग
सबैभन्दा पहिला दुई चम्चा दही लिनुहोला र अनुहारको मसाज गर्नुहोला । त्यसपछि मन तातो पानीमा कटनको कपडा भिजाएर अनुहारलाई     सफा गर्नुहोला। यस्तो गर्दा अनुहारमा जमेको फोहोर र धुलो निक्लिन्छ ।

२. स्क्रब
एक चम्चा दही र  आधा चम्चा चीनी पाउडर लिनुहोला। यसलाई मिसाएर ५ मिनेटसम्म अनुहार र गर्धनर  हातमा  स्क्रबिंग गर्नुहोला।         त्यसपछि   मन तातो पानीमा कपडा भिजाएर अनुहार सफा गर्नुहोला।

३.फेसप्याक
दहीको  फेसप्याकको लागि १ चम्चा दही, ५ देखि ६ थोपा बदामको तेल , १ चम्चा मेथीको पाउडर र थोरै गुलाब जल लिनुहोला।  यो सबै       चीजलाई  मिसाएर अनुहार, गर्धन र हातमा लगाउनुहोला। १० मिनेटसम्म हल्का हातले मसाज गर्नुहोला र अनुहार धुनुहोला । साथै यो       विधिबाट  रिंकल , कालो दाग र डार्क  सर्कलबाट छुटकारा पाउन सकिन्छ ।

४.मोइश्चराइजिंग
फेशियल गरेपछि अनुहारमा  गुलाब जल वा  एलोवेरा जेल लगाउनुहोला। कैयौँपटक कुनै चीजले छालामा एलर्जी हुन सक्छ। यदि यस्तो हुन्छ     भने अनुहारमा एलोवेरा जेल नलगाउनुहोला ।

दहीको फाईदा
दहीले  छाला मोइश्चराइज गर्नुको साथसाथै डेड सेल्सलाई ठीक  गर्नलाई  मदत्त गर्छ। दहीमा एन्टी बायटिक पाईन्छ जुनले छालालाई राम्रो बनाउन मदत्त गर्छ। दहीको प्रयोग गरेर अनुहारको डन्डीफोर , रिंकल र कालो दागबाट छुटकारा पाउन सकिन्छ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१८:४८

लौकाको बोक्राका अनेक फाइदा, यसरी गर्नुहोस् विभिन्न समस्यामा प्रयोग !