पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृ-त्यु भएको छ । मृ-त्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृ-त्यु भएको हो ।

घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्कीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फुटेको हो । परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो ।

पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्याङ्की फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताए।

अमिसा अस्पतालको लापर्वाहीका कारण सुन्दरीको मृ-त्यु भएको आफन्तले आरोप लगाएका छन् । सुन्दरीको खुट्टामा चोट लागेको थियो । थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापर्वाही गर्दा श्रीमतीको मृ-त्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले बताए।

उनले भने, “डाक्टरले आफ्नो श्रीमतीलाई सुई र स्लाइन लगाएर बाहिर गएको र पछि बिरामीको मृ-त्यु भइसकेपछि अस्पतालमा प्रवेश गरेकाले डाक्टरको लापर्वाहीले श्रीमतीको मृ-त्यु भएको बताए।

अस्पतालमा कार्यरत डाक्टर महेश शाहले बिरामीलाई सुई र स्लाइन दिएर बाहिर गएको र बिरामीको हेरविचारको लागि बीचमा आएर पल्सर जाँच गर्दा पल्सर मेन्टेन भएको थियो । पछि बिरामीको मृ-त्यु भएको जानकारी दिएका छन् । साथै बिरामीका आफन्तले डाक्टरलाई कारवाहीको माग गर्दै अस्पताल क्षेत्र घेराउ गरेका छन् ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१५:०८

मान्छे खान पल्केको बाघलाई काठमाडौँ ल्याइयो !