परफ्युम लगाउनु अगाडी यो हेर्नुहोस् !

गर्मीको समयमा पसिना आउनु सामान्य कुरा हो। पसिनाको कारण शरीरबाट नराम्रो गन्ध आउँछ।  शरीरबाट आउने गन्धबाट बच्नको लागि मान्छेहरु परफ्यूम र डियोको प्रयोग गर्छन् । बजारमा केटा र केटिको परफ्यूम र डियो पाईन्छ। तर त्यसले शरीरबाट आउने दुर्गन्ध कम गरेपनि छालालाई भने हानि पुर्याउछ। परफ्यूममा हुने केमिकल छालाको रोगको कारण बन्न सक्छन्।  थाहा पाउनुहोस्,  हाम्रो शरीरको लागि  परफ्यूम किन  हानिकारक छ ?

परफ्यूम हुन्छ हानिकारक

परफ्यूममा कैयौँ हानिकारक केमिकलको प्रयोग भएको हुन्छ। जसकारण सुगन्ध लामो समयसम्म रहन्छ। तर यो केमिकल छालाको लागि लाभदायक भने हुदैन । परफ्यूममा रसायन मिलाईएको हुन्छ। जुन छालाको लागि निकै हानिकारक रहेको छ । परफ्यूममा फ्थेलेट्स, मस्क कीटोन र फर्मलाडिहाइड  जस्ता केमिकल  रहेको हुन्छ जसको प्रयोग गर्नु छालाको हानिकारक रहेको छ।

छाला एलर्जी

परफ्यूममा रहेको केमिकलको कारण छालामा एलर्जी हुन सक्छ। छाला एलर्जीको साथसाथै छालामा रातोपन, दाग र डाबर आउन पनि थाल्छ। यदि तपाईलाई  परफ्यूमको कारण एलर्जी हुन्छ  भने परफ्यूमको प्रयोग नगर्नुहोला।

गर्भावस्थामा नगर्नुहोस् परफ्युमको प्रयोग

गर्भवती भएको बेला परफ्यूमको प्रयोग निकै नोकसानदायक हुन सक्छ। परफ्यूममा रहेको केमिकलले बच्चाको स्वास्थ्यमा असर पर्न सक्छ। साथै यसको गन्धले सास फेर्न कठिनाई हुन सक्छ। परफ्यूमको प्रयोग गर्नाले  अल्जाइमर हुने खतरा रहन्छ।

सुख्खा छाला

परफ्यूममा रहेको एल्कोहलले छालाको प्राकृतिक ओसिलोपनलाई कम गर्छ। सुख्खा छालामा कैयौँ खालको समस्या हुन्छ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१८:४०

औँलाको नङको वरिपरिका छाला उक्किए ? त्यसो भए यस्ता उपाए अपनाउनुस् !