गर्मी मौसम पनि सुरु भइसकेको छ। गर्मी मौसममा शरीरमा पानीको अभाव हुन्छ जसको कारण व्यक्ति डिहाइड्रेशनको शिकार हुन्छ। यस मौसममा पसिनाको रूपमा धेरै पानी शरीरबाट बाहिर आउँछ जसको कारण इलेक्ट्रोलाइट सन्तुलन अनियन्त्रित हुन्छ। त्यसैले पनि विशेषज्ञहरु गर्मी मौसममा खानामा धेरै हरिया तरकारी र फलफूल समावेश गर्न सल्लाह दिन्छन्। डिहाइड्रेशनको शिकार हुनबाट बच्नको लागि तपाईं यी चीज आफ्नो खानपानमा समावेश गर्न सक्नुहुन्छ…..
टमाटर
टमाटरमा एन्टीअक्सीडेन्टहरू, भिटामिन सी, लाइकोपिन र अन्य पौष्टिक तत्त्वहरू समावेश हुन्छन्। यसको सेवनले सम्पूर्ण शरीरलाई स्वस्थ राख्नुका साथै छालालाई चम्किलो बनाउन पनि मद्दत गर्छ। तपाईं टमाटरलाई विभिन्न तरिकाले उपभोग गर्न सक्नुहुन्छ।
खर्बुजा
गर्मीको समयमा खर्बुजाको सेवन कुनै वरदान भन्दा कम हुँदैन। यसमा प्रशस्त मात्रमा पानी हुन्छ जसले शरीरलाई हाइड्रेट राख्छ। खर्बुजामा लाइकोपिन भनिने तत्त्व पाइन्छ। यसलाई पनि हामीले विभिन्न तरिकाले सेवन गर्न सकिन्छ।
मकै
मकैमा फाइबर, भिटामिन, खनिजहरू आदि हुन्छन् जसले शरीर स्वस्थ राख्न मद्दत गर्छ। यसका साथै मकैमा पाइने एन्टीअक्सीडेन्टले शरीरलाई सूर्यको किरणबाट बचाउँछ। गर्मीको मौसममा मकै खाँदा शरीरमा पानीको कमी हुँदैन।
पानी
गर्मीको समयमा शरीरमा पानीको अभावले टाउको दुख्ने, कमजोरीका साथै अन्य थुप्रै समस्या देखा पर्छन्। त्यसैले, दैनिक रूपमा ३-४ लिटर पानी पिउनु जरूरी हुन्छ। नरिवल पानी, स्मूदी, कागती पानी, जुस आदि गर्मीका दिनहरूमा स्वस्थ विकल्पहरू हुन्।
सुन्तला
गर्मीमा सुन्तला खाँदा यसले शरीरलाई हाइड्रेट राख्छ। यसमा भिटामिन सी र अन्य पोषक तत्वहरू समावेश हुन्छ। यसले प्रतिरक्षा प्रणाली मजबूत गर्न पनि मद्दत गर्छ। सुन्तलाको सेवनले शरीरलाई स्वस्थ राख्नुका साथै छाला चम्किलो बनाउन पनि मद्दत गर्छ।
हरिया तरकारी
डाक्टरहरुले पनि सधैं हामीलाई हरिया तरकारी खान सल्लाह दिन्छन्। हरिया तरकारीहरुमा भिटामिन, खनिज, फाइबर र अन्य धेरै पौष्टिक तत्व समावेश हुन्छ। यिनीहरुमा प्रशस्त मात्रामा पानी हुन्छ जसले शरीरलाई डिहाइड्रसनबाट बचाउँछ। नियमित रूपमा ब्रोकली, बन्दा, काँक्रो जस्ता हरिया चीज तपाईंको खानपानमा समावेश गर्नु निकै लाभदायक हुन्छ।