औँलाको नङको वरिपरि छाला उक्किएको हुन्छ । यसले हातको सुन्दरता कम गर्छ । यस्तो हुनाले औँलामा पीडा पनि हुन्छ। यस समस्याबाट बच्न मान्छेहरुले खासै ध्यान दिदैनन्। यदि तपाईले समयमा नै यस समस्यालाई ध्यान दिनुभएन भने यो समस्या निकै पीडादायक हुन सक्छ । कैयौँ मान्छेले आफ्नो दातले नङ टोक्छन्। जसकारण यो समस्या निकै बढ्छ। कैयौँपटक नङबाट रग-त निक्लिन्छ र हात फुस्रो देखिन्छ। यस समस्याबाट छुटकारा पाउन घरेलू उपाय अपनाउन सक्नुहुन्छ।
केराको प्रयोग
केरामा रहेको एन्टी अक्सीडेंट्सले छालालाई मोइश्चराइज गर्न मदत्त गर्छ। जसकारण छालाको सुख्खापन कम हुन्छ। तपाईले केराको पेस्ट लगाउन सक्नुहुन्छ। यो पेस्टमा एन्टी इन्फ्लेमेटी हुन्छ जुनले छाला सुख्खा हुन कम गर्छ। यस पेस्टलाई बनाउनको लागि एक चम्चा केराको पेस्ट र एक चम्चा दूध लिन सक्नुहुन्छ। एउटा भाँडामा केराको पेस्ट र दूधलाई राम्रोसँग मिसाउनुहोला। त्यसपछि यस पेस्टलाई आफ्नो नङको वरिपरि सुख्खा भएको ठाउँमा लगाउनुहोला। १० मिनेटपछि आफ्नो हात धुनुहोला। यस पेस्टलाई सधैँ प्रयोग गर्नुहोला।
महको प्रयोग
छालाको लागि मह निकै फाईदादायक रहेको छ। महको प्रयोग गर्नाले छालाको सुख्खापन कम हुन्छ। औँलाको वरिपरिको रगतलाई रोक्नको लागि महको प्रयोग गरिन्छ। महमा एन्टीसेप्टिक हुन्छ जसकारण घाउ छिट्टै निको हुन्छ। एक चम्चा मह लिनुहोला र महलाई नङको नजिक जहाँ छाला उक्किएको छ त्यहाँ लगाउनुहोला। १० मिनेटसम्म मह लगाईरहनुहोला र त्यसपछि पानीले सफा गर्नुहोला। यसरी छाला उक्किने समस्याबाट छुटकारा पाउन सकिन्छ।
विटामिन ई ओइल
छालाको हेरचाहको लागि भिटामिन ई निकै फाईदादायक हुन्छ। सुख्खा छालाको लागि भिटामिन ई झनै फाईदादायक रहेको छ। औँलाको वरिपरि उक्किएको छाला कम गर्नको लागि भिटामिन ई को प्रयोग गर्न सक्नुहुन्छ। यसको लागि एउटा भिटामिन ई क्याप्सूल र एक चम्चा नरिवलको तेल लगाउन सक्नुहुन्छ। एउटा भाँडामा नरिवलको तेल र भिटामिन ई मिसाउनुहोला। यस मिश्रणलाई नङको वरिपरि लगाउनुहोला। राति सुत्नुभन्दा पहिला आफ्नो हातमा यस मिश्रणलाई लगाउनुहोला।
एलोभेरा जेलको प्रयोग
न मौषम बदल्नुको साथसाथै छाला सुख्खा हुन थाल्छ। सुख्खा छालाको हेरचाहको लागि एलोभेरा जेल निकै फाईदादायक मानिन्छ। एलोभेरा जेलको प्रयोगले छाला हाइड्रेट रहन्छ। यस जेललाई फ्रिंजमा चिसो पारेर राख्नुहोला । दिनमा दुई पटक आफ्नो औँलामा एलोभेरा जेलको प्रयोग गर्नुहोला। जसकारण यस समस्याबाट छुटकारा मिल्छ।