जब अमिताभ बच्चनकै अगाडी रेखाले भेटिन् जया बच्चनको दह्रो झाप्पड, यस्तो थियो कारण !

कुनै समय पूरा बलिउडमा अमिताभ बच्चन र रेखाको प्रेम सम्बन्धको बारेमा चर्चा हुने गर्थ्यो।  आजको समयमा पनि यसबारे कुरा हुने गर्छ।  यसै बीच अमिताभ, रेखा र जया बच्चन बीच एक यस्तो घटना भएको थियो जसबारे सायद तपाईंलाई थाहा नहुन पनि सक्छ।  यो कुरा त्यति बेलाको हो जब रेखा र अमिताभ बीच प्रेम सम्बन्ध रहेको बताइन्छ।

पहिले नै विवाहित अमिताभ बच्चनका लागि जहाँ रेखा प्रायः आफ्नो प्रेम व्यक्त गर्थिन् भने बिग बी यस विषयमा सँधै मौन रहने गर्थे। जया बच्चन पनि यी चर्चाका बारेमा धेरै सहज ढंगले प्रतिक्रिया दिन्छन्। यद्यपि कुनै समय यस्तो खबर पनि आयो जसलाई विश्वास गर्न निकै कठिन थियो। एक समय यस्तो पनि आयो जब जया बच्चनले फिल्मको सेटमा नै रेखालाई थप्पड हानिन्।

यो घटना फिमल ‘राम बलराम’ को समयको भएको बताइन्छ। वास्तवमा, यस फिमलका निर्माता टिटो टोनी यस फिल्ममा अमिताभ बच्चन र रेखालाई कास्ट गर्न चाहन्थे तर जयालाई यो कुरा मन परेन। इन्डस्ट्रीमा राम्रो पहुँच भएकी जयाले टिटो टोनीलाई रेखाको ठाउँमा जीनत अमनलाई कास्ट गर्नका लागि राजी गरे।

तर जब यो कुरा रेखाले थाहा पाइन् उनले फिल्मका निर्देशक विजय आनंद सम्पर्क गरेर आफूले उक्त फिल्म गर्न चाहेको कुरा बताइन्।  रेखा उक्त फिल्म फ्रीमा गर्न समेत तयार भइन्। यस्तोमा फिल्मका निर्माताले पनि यो अफर मान बाध्य भए र उनले अमिताभ र रेखालाई लिएर फिल्मको शुटिंग सुरु गरे।  जयाले अमिताभलाई पनि रखासँग कुनै फिल्म नगर्न भनेकी थिइन्। तर त्यस समयमा रेखा र अमिताभको जोडी सुपरहिट भएको कारण उनले पनि यो कुरा मानेनन्।

यस्तोमा, जय एकदिन फिल्मको शुटिंगमा पुगिन्। उक्त समयमा रेखा र अमिताभ बच्चन एकान्तमा कुरा गरिरहेका थिए। जया बच्चनले यो कुरा देख्नै सकिनन् र उनले अमिताभकै अगाडी रेखालाई थप्पड हानिन्। यो देखेर सब त्यहाँ उपस्थित सबै मानिसहरू चकित भए।

प्रकाशित : बुधबार, चैत २५, २०७७१२:१८

‘मिसेज श्रीलंका’ मा भयो यस्तो लफडा , मञ्चमै भयो विजेताको क्राउन खोसा-खोस !