चीनबाट अनुदान पाएको कोरोना विरुद्धको खोप आजबाट लगाइदै

काठमाडौँ।  चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाउन सुरु भएको छ। चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिइँदैछ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उक्त खोप कार्यक्रमको सुरुवात भएको हो। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पनि उपस्थिति रहेको खोप कार्यक्रमको पहिलो चरणमा १८ देखि २५ उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, अत्यावश्यक सेवामा खटिएका कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरु जो यसअघिको खोप कार्यक्रममा खोप लगाउन छुटेका थिए, उनीहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ।  काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुनेछ।

प्रकाशित : बुधबार, चैत २५, २०७७१२:५३

कोरोना भाइरसको नयाँ उत्परिवर्तनका लागि खोपले नै काम नगर्ने खतरा !