कोरोना भाइरस उत्परिवर्तन (म्यूटेशन) को कारण हालसम्म तयार भएका कोरोना भाइरस विरुद्ध तयार गरिएको खोपले नै काम गर्ने वा नगर्ने भन्ने बारे चिन्ता बढ्न थालेको छ।
बीबीसीले उल्लेख गरे अनुसार जापानको एक अस्पतालमा गरिएको परिक्षणमा ७० प्रतिशत मानिसमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको र जस मध्ये एक नयाँ उत्परिवर्तन समेत देखिएको बताइएको छ। वैज्ञानिक नाम इ४८५के रहेको कोरोना भाइरसको यस्तो उत्परिवर्तनले कोरोना विरुद्धको खोपको प्रभावकारितालाई समेत कम गराउने समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ।
जापानको टोकियो मेडिकल एन्ड डेन्टल युनिभर्सिटी मेडिकल अस्पतालमा मार्च महिनामा १४ जनाको परिक्षण गरिएकोमा ती मध्ये १० जनामा नयाँ म्यूटेशन पाइएको हो। यी संक्रमित मानिस जापानबाट बाहिर अरु कुनै देश भने नगएको बताइएको छ।
मेडिकल जर्नल बीएमजेका अनुसार यो म्यूटेशनको पहिचान सबैभन्दा पहिल दक्षिण अफ्रिकामा भएको थियो। जापानमा बी १३५३ भेरियन्टबाट संक्रमित हुनेहरु धेरै सङ्ख्यामा रहेका छन्। यस्तै, हालै बी११७ भेरियन्ट पनि फेला परेको छ। बेलायतमा पनि कोरोना भाइरसको भेरियन्टमा बी११७ म्यूटेशन देखिएको छ।

