अपर सोलुले आइपिओ निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति !

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ।  कुल ३३ लाख ७ हजार ५ सय कित्ता सेयर सर्वसाधारण र स्थानीयका लागि निष्कासन गर्ने योजनाका साथ कम्पनीले बोर्डसँग अनुमति मागेको हो।

अपर सोलु आइपिओ निष्कासनका लागि अनुमति माग गरेसँगै अहिले धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि अनुमति माग्ने जलविद्युत कम्पनीहरुको संख्या १२ पुगेको छ।  कुल २३.५ मेगावाट क्षमताको आयोजना बनाउँदै गरेको कम्पनीले सेयर बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटललाई राखेको छ।

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी बाहेक बुद्धभूमि नेपाल, सयपत्री, बलेफी, साहस उर्जा, साम्लिङ पावर, ग्रीन भेन्चर, मध्यभोटेकोसी, हिमालयन, मैलुङ खोला, न्यादी, विन्ध्यबासिनी हाइड्रोपार पनि आइपिओ निष्कासनको तयारीमा छन्।

प्रकाशित : बुधबार, चैत २५, २०७७१४:१६

हिजो ऐतिहासिक विन्दुमा पुगेको नेप्सेमा आज सामान्य गिरावट !