लगातार बढ्दै दैनिक कोरोना संक्रमितको सङ्ख्या, आज थप ३३९ जना नयाँ संक्रमित भेटिए !

काठमाडौँ — बुधबार देशभर थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जना जारी कुल ३३९ कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७८ हजार ८०९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७३ हजार ५२९ रहेको छ । हाल नेपालमा २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा १६३ जनामा संक्रमण पुष्टि भएको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। जसमा काठमाडौं १ सय ३२, ललितपुर २६ र भक्तपुरमा ५ जना रहेका छन्।

प्रकाशित : बुधबार, चैत २५, २०७७१६:५०

म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी : बाह्र सय हेक्टर वन क्षेत्रमा क्षति