भक्तपुरमा मनाइने बिस्का जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश !

काठमाडौं । हरेक वर्ष नव वर्षको अवसरमा भक्तपुरमा मनाइने बिस्का जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने गरेको निर्णय प्रति सर्वोच्चमा रिट परेको थियो। उक्त रिट माथि न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यस्तो अन्तरिम आदेश जारी गरेको हो।

त्यस्तै, आजै मात्र भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्डलाई विशेष ध्यानमा राख्दै जात्रा मनाउने निर्णय गरेको छ। भैरवनाथको रथ तान्ने, लिङ्गो उभ्याउने र ढाल्ने जात्रा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड अपनाइ सभ्य र शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने नगरपालिकाले निर्णय गरेको हो।

त्यसअघि सांसद प्रेम सुवाल र नगरपालिका जनप्रतिनिधि लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर जात्रालाई नरोक्न आग्रह गरेका थिए।

प्रकाशित : बुधबार, चैत २५, २०७७१८:२२

माथिल्लो तामाकोशी अन्तिम चरणका, आगामी वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हालिने