काठमाडौँ : ज्योतिष शास्त्रको मानव जीवनमा विशेष महत्व छ। व्यक्तिको राशिबाट उसको स्वभाव, भविष्य, करियर आदिको जानकारी प्राप्त गर्न सकिन्छ। केही मानिस आफ्नो राशिको कारण जन्मजात नै क्रियटिभ हुन्छन् । जबकि केही मानिस नयाँ काममा हात हाल्न डराउँछन । व्यक्तिको गुण पनि उसको राशिबाट प्रभावित हुने मान्यता छ । ज्योतिष शास्त्रमा यस्तै केही राशिका बारेमा बताईएको छ, जो जन्मजात नै कलाकार, क्रियटिभ र इमाजिनेटिभ हुन्छन्।
१. वृष राशि : ज्योतिष शास्त्र अनुसार यस राशिका जातक जन्मजात नै कलाप्रेमी हुन्छन्। यिनीहरुमा अपार कला हुन्छ । यिनीहरु आफ्नो कार्यक्षेत्रमा राम्रो नाम कमाउँछन् । प्रतिभाको धनी र सिर्जानात्मक हुन्छन् । यिनीहरु अनेक खाले कलामा रुचि राख्छन् । र यिनीहरु सधैँ केही न केही नयाँ सिक्ने प्रयासमा लाग्छन् ।
२. सिंह राशि : सिंह राशिका जातक जन्मजात नै कलाकार हुन्छन्। यस राशिका जातका मञ्चमा गएपछि स्टार जसरी प्रदर्शन गर्छन् र मानिसहरुका ध्यानाकर्षण गर्न सफल हुन्छन् । आफ्नो शानदार प्रतिभाको कारण यिनीहरु सबैको प्रिय हुन्छन् र मानिसहरुका दिलमा राज गर्छन् ।
३. धनु राशि : धनु राशिका जातका कलाप्रेमी हुन्छन्। यिनीहरु हरेक चीजलाई सुन्दर देख्छन् र आफ्नो वरपरका चीजलाई कला मान्छन्। यस राशिका जातका सङ्गीत, भिजुअल आर्टमा निपुण हुन्छन् । मानिसहरुबीच आफ्नो कलाको माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाउँछन् ।
४. मीन राशि : यस राशिका जातक कलात्मक र रचनात्मक दुवै हुन्छन्। यिनीहरु जन्मजात नै प्रतिभावान हुन्छन्। यिनीहरु आफ्नो कलाको सहारामा आफ्नो भावना व्यक्त गर्नमा विश्वास राख्छन्। यिनीहरु सहज र शान्त स्वभावको हुने कारण मानिसहरुले यिनीहरुलाई असाध्यै मन पराउँछन् ।