अर्को बिहिबार सम्म यी राशिलाई धेरै लाभ !

आउने बिहिबार सम्मको समय कैयौँ राशिको लागि लाभदायक रहनेछ। बिहिबार सम्म धनु र कुम्भ राशि हुने व्यक्तिको लागि आर्थिक लाभ हुनेछ भने केहि राशि हुने व्यक्तिको  जीवनमा चुनौति आउनसक्ला।

मिथुन- मानसम्मान बढ्नेछ। मित्रसँग सम्पर्क बढ्नेछ। प्रतियोगीले  परीक्षामा राम्रो गर्नेछ। अनुकूलताको प्रतिशत बढ्नेछ। कार्य विस्तारको योजना बनाउनुहुनेछ। स्वास्थ्य समस्याबाट बच्नुहोला। जीवनसाथीबाट सहजता सामान्य रहनेछ। सन्तानबाट शुभ सामाचार मिल्नेछ।

कर्क- आकस्मिक लाभ हुनेछ। बोलि  व्यवहारमा सहजता रहनेछ। खानपानमा सतर्कता राख्नुहोला।  कार्यक्षेत्रमा समिक्षकको  सहयोग पाउनुहुनेछ।  निजी जीवनमा प्रेम स्नेह रहनेछ। शुभ सूचनाको आदान प्रदान बढ्नेछ। प्रतिभा प्रदर्शन र प्रभावमा वृद्धि हुनेछ।

धनु- आर्थिक मामलामा गति मिल्नेछ।  प्रतिभा प्रदर्शनले सबै प्रभावित रहनेछ। मान्छेको अपेक्षामा खतरा हुनेछ। विश्वसनीयता, आदर र व्यावसायिकता वृद्धि हुनेछ।  साहस पराक्रम सम्पर्क र सम्बन्ध वृद्दि हुनेछ। अप्रत्याशित शुभ सूचना प्राप्त गर्नुहुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोला। कानुनी मामलामा सतर्कता अपनाउनुहोला।

कुम्भ- भाग्यले साथ दिनेछ। पिताको तर्फबाट लाभ मिल्नेछ। आशंकाबाट मुक्त रहनुहोला। सक्रियता र प्रभाव बह्द्नेछ। अवसरबाट लाभ उठाउनुहुनेछ।  आर्थिक पक्ष  राम्रो रहनेछ।  व्यक्तिगत मामला राम्रो रहनेछ। साथीसँग कुराकानीमा ध्यान राख्नुहोला।  साझा प्रयासमा  सहजता रहनेछ। बोलीमा विशेष ध्यान राख्नुहोला।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१९:२४

गुरु शनिको संयोग सकियो, यी राशिले पाउनेछन् राहत, चम्किनेछ भाग्य