लगातार बढ्दै सुनको मूल्य, आज ४२ दिन यताकै महँगो !

काठमाडौँ – गएको केहि दिन देखि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। मंगलबार बढेर बढेको सुनको मूल्य बिहिबार पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार रुपैंयाँ कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार ८७ हजार ४ सय, सोमबार ८७ हजार २ सय, मंगलबार ८७ हजार ५ सय र बुधबार ८८ हजार रुपैंयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि १ हजार रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी तेजाबी सुन आइतबार ८६ हजार ९ सय ५०, सोमबार ८६ हजार ७ सय ५०, मंगलबार ८७ हजार ५० र बुधबार ८७ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

सुन फागुन १३ गते पछिकै महँगो

बिहिबार कायम भएको सुनको मूल्य फागुन १३ गते पछिकै महँगो रहेको छ। फागुन १३ गते ८९ हजार ३ सयमा कारोबार भएयता सुन आज जति महँगो कुनै पनि दिन भएको थिएन। त्यस हिसाबले सुन आज ४२ दिन यताकै महँगो हो।

चाँदीको मूल्य

सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु १५ले बढेको छ। जससँगै चाँदीको मूल्य १२ सय ६० रुपैंयाँ कायम भएको छ।

प्रकाशित : बिहिबार, चैत २६, २०७७११:०३

सुनको मूल्य उकालो लागेको-लाग्यै, आज फागुन ११ गते यताकै महँगो ! कति ?