अहिले नै पानी पर्ने सम्भावना छ कि छैन ? यस्तो छ मौसमविद्को अनुमान !

काठमाडौँ – हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । साथै देशका केही स्थानमा तुवाँलो लागेको अवस्था छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ ।

प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा अपराह्नतिर मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २६ गते (बिहिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू-भागमा आंशिक देखि समान्य रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

चैत्र २७ गते (शुक्रबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

चैत्र २८ गते (शनिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१३:२०

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित