प्राय हामी लौकाको बोक्रा तासेर फ्याँक्छौँ। तर लौकाको बोक्राको स्वास्थ्यको हिसाबले धेरै फाइदाजनक हुन्छ। विज्ञहरुका अनुसार लौकाको बोक्राले अनुहारको चमक बढाउनुका साथसाथै ब्लड शुगरलेवल मेन्टेन गर्ने काम पनि गर्छ । लौकाको तरकारीमा भिटामिन सी, भिटामिन बी-१ , बी-२ , बी-३ , बी- ५ र बी-६ , क्याल्शियम, आइरन, जिंक, पोट्याशियम, म्याग्नीशियम र म्याग्निज जस्ता तत्व पाईन्छ। यस बाहेक लौकाको बोक्राको अन्य धेरै फाइदा पनि हुन्छ ।
तौल घटाउन

यदि तपाईको तौल बढिरहेको छ भने तपाईलाई लौकाको जुस निकै लाभदायक हुन्छ। लौकाको जूस पिउनाले तौल कम हुनुको साथसाथै छालामा पनि निखार आउँछ ।
पैतालाको जलन कम

यदि तपाईले लौकाको तरकारी खान सक्नुहुन्न भने यसको जुस बनाएर पनि पिउन सक्नुहुन्छ। गर्मीको समयमा प्राय पैताला पोल्ने समस्या हुन्छ। लौकाको खाँदा चिसो अनुभव हुन्छ। यसका साथै शरीरमा छालामा हुने जलन पनि कम हुन्छ ।
सनबर्न वा ट्यानिंगको समस्याबाट राहत

सनबर्न वा ट्यानिंगको समस्याको लागि लौका निकै फाइदाजनक हुन्छ । लौकाको बोक्राको पेस्ट बनाएर लगाउनाले यस्ता समस्याबाट राहत पाउन सकिन्छ। केहि समयसम्म लौकाको पेस्ट आफ्नो छालामा लगाएर राख्नुहोला। त्यसपछि सफा पानीले धुनुहोला। यसरी तपाईले यस समस्याबाट राहत पाउन सक्नुहुन्छ।
पाइल्सको समस्याबाट राहत

पाइल्सको समस्यामा लौकाको बोक्राको पाउडर निकै फाइदाजनक मानिन्छ । तपाईले लौकाको बोक्रा सुकाएर यसलाई पाउडर बनाएर पानीसँग दिनमा दुईपटक सेवन गर्न सक्नुहुन्छ। यसरी यस समस्याबाट राहत पाउन सकिन्छ।
कपाल झर्ने समस्या कम

यदि तपाईको कपाल झर्ने समस्या छ भने यसबाट बच्नको लागि लौकाको बोक्राको प्रयोग गर्न सक्नुहुन्छ। लौकाको बोक्रालाई तिलको तेलसँग मिसाएर टाउकोमा लगाउनाले कपाल झर्ने समस्याबाट राहत पाउन सकिन्छ।

