चर्चामा मेस्सीले विश्वकप २०१८ मा गरेको प्रदर्शन, भाइरल भयो यस्तो भिडियो [भिडियो सहित]

२०१८ विश्वकपमा नाइजेरिया विरुद्ध अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको प्रदर्शन अहिले निकै भाइरल भएको छ। छनौट चरणको अन्तिम खेलमा मेस्सीको ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गर्दै विश्वकपमा छनौट भएको थियो।

तर जब प्रतियोगिता सुरु भयो तब भने २ पटकको विश्व विजेता अर्जेन्टिना जीत हात पार्नको लागि निकै संघर्ष गर्न थाल्यो। समूह चह्रणको पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३-० को लज्जास्पद हार बेहोर्न बाध्य भएको थियो।

ला अलबिसलेस्टे विश्वकपको समूह चरणबाट नै बाहिरिने अवस्थामा पुगेको थियो जब उनीहरू सेन्ट पिटर्सबर्गको क्रेस्टोभस्की स्टेडियममा नाइजेरिया विरुद्ध मैदानमा उत्रिएका थिए। यस्तोमा, अहिले सोहि खेलमा मेस्सीको प्रदर्शनको एक भिडियोले निकै चर्चा पाइरहेको छ।

https://youtu.be/67FYb4qVy7Q

भिडियोको मुख्य आकर्षक विन्दु रहेको मेस्सीको त्यो आकर्षक गोल। मिडफिल्डर एभर बानेगाको लांग रेन्ज पासलाई आफ्नो तिग्रा र फेरी आफ्नो देब्रे खुटाले उत्कृष्ट तरिकाले नियन्त्रण गर्दै मेस्सीले नाइजेरियाका किपर फ्रान्सिस उजोहोलाई पार गर्दै एक उत्कृष्ट गोल गरेका थिए। उनको त्यो गोल सो वर्षको फिफा पुस्कास अवार्डको लागि पनि मनोनित भएको थियो।

पहिलो हाफमा १-० को अग्रता लिएको अर्जेन्टिनाको लिड दोस्रो हाफमा धेरै समय टिक्न सकेन। नाइजेरियाका भिक्टर मोजेसले गोल गर्दै खेल बराबरीमा लेराएका थिए। तर खेलको अन्तिम समयमा अर्जेन्टिनाका लागि मार्कस रोहोले विजयी गोल गर्दै आफ्नो राष्ट्रलाई अन्तिम १६ मा पुर्याए।

खेलपछि बोल्दै मेस्सीले भनेका थिए,”हामी विश्वस्त थियौं कि हामी यो खेल जित्नेछौं। र यस तरिकाले जित्नु अझ मज्जा हुन्छ।” अन्तिम १६ को खेलमा फ्रान्ससँग रोमान्चक खेलमा ४-३ ले पराजित हुँदै अर्जेन्टिना विश्वकपबाट बाहिरिएको थियो।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७११:२९

बार्सिलोनामा लापोर्टाको पहिलो प्राथमिकता मेस्सी हैनन्, हालाण्ड हुन् !