सिंगटी हाइड्रोको आईपीओ: करिब १३ लाखको हात रित्तो, कतिले पाए ? नतिजा अहिले नै हेर्न मिल्छ ?

काठमाडौँ – सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड गरेको हो।

मेगा क्यापिटलले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

मेगा क्यापिटलका अनुसार सिंगटीको आईपीओमा माग भन्दा बढी आवेदन परेको थियो। सिंगटीको आईपीओका लागि १६ लाख ३५ हजार ५३७ जनाले कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन दिएको मेगा क्यापिटलले जनाएको छ। त्यसमध्ये ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको छ।

१५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन बाट २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । योग्य आवेदक मध्येका १२ लाख ९० हजार १०२ जनाकाे भने हाल खाली भएको छ।

कसरी हेर्ने नतिजा ?

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेको साधारण शेयर (आईपीओ) बाँडफाँडको नतिजा मेराे शेयरले व्यवस्था गरेको नतिजा पोर्टल, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गएर हेर्न सकिनेछ। आईपीओ बाँडफाँड भइसकेपनि नतिजा हेर्न तत्काल मिलिरहेको छैन। नतिजा हेर्न मिल्ने गरी उपलब्ध भएपश्चात बिगुल न्युज मार्फत नै जानकारी गराइनेछ।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१२:१०

सिंगटी हाइड्रो आइपिओ बाँडफाँटको नतिजा ‘लाइभ’, अब हेर्न मिल्ने !