सांसद पद गएका चार जनाको प्रशंसामा उत्रिए ओलीका प्रेस सल्लाहकार !

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सांसद पद गुमाएका चार सांसदले निष्ठाको राजनीति गरिरहेको बताएका छन्।

बिहिबार माओवादीको कारवाहीमा परी वर्तमान क्याबिनेटका मन्त्री रहेका ४ जनाको सांसद पद गुमेपछि थापाले एक ट्वीट गर्दै चारै जनाले निष्ठाको राजनीति गरिरहेको बताएका हुन्। टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले केवल पद प्रतिष्ठाको लागि राजनीति नगरेको थापाको भनाई छ।

थापाले ट्वीट गर्दै भनेका छन्,”टाेपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गाैरीशंकर चाैधरी- केवल पद प्रतिष्ठाकाे लागि राजनीति हाेइन, राजनीतिक निष्ठाकाे लागि सबथाेक हैसियत त्याग गर्ने स्परिटसाथ लामाे यात्रामा अघि बढ्नुभएकाे छ । उहाँहरूले हिजाे छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएकाे गाैरवमय इतिहास साक्षी नै छ ।”

माओवादी केन्द्रबाट मन्त्री भई पार्टी अलग भएपश्चात फिर्ता नभएका चार जनाको सांसद पद नेकपा माओवादी केन्द्रले खारेज गरेको थियो। बिहिबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराएका थिए।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१२:४६

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै