तीन हप्ताको अन्तरमा दुई पटक गर्भवती भइन् यी महिला, तर कसरी ?

सुन्दा निकै अजीब लाग्न सक्छ तर यो चमत्कार भन्दा कम होइन कि एक महिला जो पहिल्यै बाट गर्भवती थिइन्, उनी फेरी गर्भवती भइन् र उनले जुडुवा बच्चालाई जन्म दिइन्। आश्चर्यजनक कुरा यो हो कि दुबै बच्चाहरू एक साथ जन्मेका थिए, तर दुबै बच्चाको गर्भधारणको समय फरक थियो। पहिलेबाट नै गर्भवती रहेकी यस महिलाको दोस्रो पटक गर्भधारण भएको थियो।

रेबेका रोबर्ट र उनका पति राइस विभरको धेरै वर्षदेखि बच्चाको चाहना थियो कि उनीहरुको पनि एक बच्चा होस्। तर गत वर्ष एक फर्टिलिटी मेडिकेशन पछि यी दुई आमा-बुबा हुने भएका हुन्। तर उनीहरुलाई यो कुरा थाहा थिएन कि उनीहरुको यो खुसीको खबर छिट्टै दोब्बर हुनेछ। डाक्टरले रेबेकालाई तेस्रो अल्ट्रासाउन्ड गर्ने क्रममा उनको पेटमा अर्को बच्चा पनि रहेको खबर दिए। तर यो कुरा निकै आश्चर्यजनक थियो किनकि रेबेकाको गर्भमा पहिले नै १२ हप्ता वा तीन महिनाको भ्रूण पहिलेबाट नै थियो।

रेबेकाले सामाजिक सञ्जालमा एक पोष्टमार्फत भनिन्, “गुड मार्निंग अमेरिका, वास्तवमा यो एकदमै स्तब्ध पार्ने कुरा हो कि मेरो गर्भमा एक नभएर दुई बच्चा थिए। अझ चकित पार्ने कुरा यो छ कि डाक्टरका अनुसार दुई बच्चा बीच तीन हप्ताको अन्तर थियो।” महिलाको यस्तो दुर्लभ गर्भावस्थाको बारेमा जानेर डाक्टरहरू आफैं पनि छक्क परेका थिए। रोयल युनाइटेड अस्पतालका ‘गर्भावस्था र महिला प्रजनन’ विशेषज्ञ र डेभिक वाकरले भने, “रेबेकाको गर्भधारण एक दुर्लभ घटना हो। अहिलेसम्म यस्तो घटना कति पटक भएको छ यसको रेकर्ड पनि छैन।”

रेबेकाले गत वर्षको सेप्टेम्बरमा नै एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। उनीहरु दुबै को जन्म भने एकैपटक भएको थियो। जन्मेको केहि समयसम्म यी दुबै बच्चालाई आइसीयूमा राखिएको थियो। अहिले भने उनीहरुको स्थिति एकदम ठिक रागेको छ र यो परिवार एकदम खुसी साथ जीवन बिताइरहेको छ।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१७:४३

मन छुने दृश्य: जब आफूलाई उद्धार गर्ने महिलालाई मैनाले छाड्न मानेन … [तस्विर सहित]