राशिचक्रका प्रथम ६ राशि मध्ये २०७८ साल कसलाई बढी शुभ ? हेर्नुहोस् वार्षिक राशिफल !

मेष राशि

वर्ष २०७८ मेष राशिका मानिसको लागि समग्रमा शुभ साबित हुने देखिन्छ। यस वर्ष मेष राशिका मानिसलाई भाग्यले पनि पूरा साथ दिनेछ। वैदेशिक यात्राको सम्भावना प्रवल देखिन्छ।

व्यापार-व्यवसायको सन्दर्भमा भने यो वर्ष तपाईंको लागि त्यति शुभ नरहला। तपाईंको ऋणमा वृद्धि हुनसक्छ। कुनै पनि ठाउँमा खर्च गर्दा विशेष ध्यान दिन जरूरी देखिन्छ। शेयरबजारमा लगानी गर्ने मानिसको लागि भने वर्ष अत्यन्त शुभ साबित हुनेछ। वर्षको धेरै जसो समय तपाईंलाई आर्थिक संकटले सताउन सक्छ।

सम्बन्ध तथा प्रेम सम्बन्धि मामिलाको कुरा गर्नु पर्दा मेष राशिका मानिसले यो वर्ष आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन्। दाजु-भाई बीच मेलमिलाप हुनेछ र उनीहरुबाट खुब सहयोगको आशा गर्न सकिन्छ। टाढा रहेका साथी-भाईसँगको सम्बन्ध पनि मजबूत हुने सम्भावना रहेको छ।

स्वास्थ्यको कुरा गर्नु पर्दा यस वर्ष तपाईं अलि सावधान रहनु पर्ने देखिन्छ। स्वास्थ्य क्षेत्रमा अधिक खर्च हुने देखिन्छ। विशेषगरी हड्डी सम्बन्धि समस्याले सताउन सक्छ।

सामाजिक क्षेत्रको कुरा गर्दा सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मानमा वृद्धि हुने सम्भावना रहेको छ। स्वास्थ्य र घरजग्गामा सम्बन्धि क्षेत्रमा संलग्न रहेका मानिसको लागि यो वर्ष अत्यन्त शुभ रहने वाला छ। शिक्षा क्षेत्रमा रहेका मानिसले पनि राम्रो लाभ उठाउन सक्नेछन्।

विद्यार्थी वर्गको लागि पनि २०७८ साल निकै राम्रो परिणाम दिनेवाला साबित हुनेछ। वैदेशिक क्षेत्रका शिक्षार्थीहरूका लागि पनि समय अनुकूल नै रहनेछ।

वृष राशि

२०७८ साल तपाईंको लागि सामान्य रहनेछ। वर्षको अन्तिम महिनामा भने परिस्थिति अनुकूल हुने सम्भावना देखिन्छ, जसपछि अधुरा रहेका कार्य पनि सरलताका साथ सम्पन्न हुनेछ। यो वर्ष तपाईंले कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नको लागि धैर्य गर्नु पर्ने हुन्छ। सामाजिक तथा सरकारी क्षेत्रमा तपाईंको संलग्नता बढ्नेछ।

वृष राशिका मानिसको लागि यो वर्ष व्यापारको हिसाबले उत्कृष्ट नहुन सक्छ। घरजग्गा तथा निर्माण कार्यहरुबाट प्रशस्त लाभ उठाउन सक्नुहुनेछ। ठूला व्यापारीहरुले यो वर्ष खुब लाभ लिनेछन्। तर सेयरबजारमा लागेका मानिसले भने यो समयमा धेरै सावधान रहन जरूरी छ। वर्षको सुरुमा धन हानि समेत हुने योग रहेको छ।

प्रेम सम्बन्धका लागि यो वर्ष त्यति अनुकूल नरहला। प्रेम सम्बन्धमा उल्झन आउन सक्छ। लाभ पार्टनरसँग कुनै कारणले मदभेद उत्पन्न हुनसक्छ। वर्षभर सम्बन्धमा खटपट आउन सक्ने हुँदा निकै सावधानीका साथ सम्बन्धलाई अगाडी बढाउनु पर्नेछ। आफन्त, दाजुभाई तथा घर-परिवार सँगको विवाद भने समाप्त हुनेछ ।

रोजगार क्षेत्रको कुरा गर्नु पर्दा यो वर्ष त्यति खास नरहला। कुनै पनि कार्य सुरु गर्नु अघि निकै सोच विचार गरेर मात्र अगाडी बढ्नुहोस्। कार्यक्षेत्रमा तपाईंको पदोन्नतीको योग रहेको भए पनि निकै ध्यानपूर्वक आफ्नो चाल चाल्नुहोला। वैदेशिक रोजगारको योजना बनाइरहनु भएको छ भने त्यो सफल नहुन पनि सक्छ।

स्वास्थ्यको दृष्टिकोणबाट यो वर्ष तपाईंको लागि शुभ नरहला। सवारीसाधन निकै ध्यानका साथ चलाउनु होला, अन्यथा चोटपटक लाग्ने खतरा छ। खानपिनमा पनि विशेष ध्यान दिन आवश्यक छ। परिवारका सदस्यको पनि स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला।

शिक्षा क्षेत्रमा तपाईंको लागि यो वर्ष मिश्रित रहनेछ। विद्यार्थी वर्गले वर्षको दोस्रो भागमा उत्कृष्ट नजिता प्राप्त गर्नेछन्।

मिथुन राशि 

मिथुन राशिका मानिसको लागि यो वर्ष शुभ रहनेछ। तपाईंले गरेका हरेक कार्य सफलताका साथ सम्पन्न हुनेछन्। आर्थिक पक्ष मजबूत हुने देखिन्छ।

व्यापार क्षेत्रको कुरा गर्दा यो वर्ष मिथुन राशि भएका मानिसको लागि यो क्षेत्र निकै फाप्नेछ। वित्तीय क्षेत्रमा गरेको लगानीले तपाईंलाई मालामाल बनाउनेछ। साथै शैक्षिक क्षेत्रमा लगानी गर्नु पनि निकै उत्तम हुनेछ। दैनिक व्यापारीहरुले प्रशस्त रूपमा लाभ उठाउनेछन्। तर सेयरबजार क्षेत्रमा भने थोरै सावधान रहन आवश्यक रहेको छ।

प्रेम सम्बन्धि मामिलाको लागि यो वर्ष मिश्रित साबित हुनेछ। वर्षको सुरुवातमा प्रेमी-प्रेमिका बीच मनमुटाव उत्पन्न भएता पनि समयसँगै समझदारी बढ्दै जानेछ। त्यस्तै, प्रेम सम्बन्धलाई विवाहमा परिणत पनि गर्न सकिनेछ। आफन्तजनसँग निकटता बढ्नेछ।

यो वर्ष रोजगारको खोजीमा रहेकाले सफलता प्राप्त गर्नेछन्। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ। सरकारी तथा सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। पदोन्नतीको योग रहेको छ।

स्वास्थ्यको हिसाबले तपाईंको लागि यो वर्ष अनुकूल नरहला। रगत तथा आँखा सम्बन्धि समस्या देखा पर्न सक्छ। परिवारको स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला। आमा-बुबाको स्वास्थ्यको लागि अधिक पैसा खर्च हुनसक्छ।

शिक्षा क्षेत्रको बारेमा कुरा गर्दा २०७८ मिथुन राशिका मानिसको लागि त्यति शुभ नरहन पनि सक्छ। खासगरी वैदेशिक शिक्षाका लागि गएका विद्यार्थीका लागि समय खासै राम्रो नहोला। विज्ञान र कृषी विषयका विद्यार्थीहरुले भने विशेष सफलता प्राप्त गर्नेछन्।

कर्कट राशि 

कर्कट राशिका मानिसको लागि यो वर्ष मिश्र फलदायी रहनेछ। आफूले सोचे अनुरुप सफलता भने नमिल्न सक्छ। रोजगारको खोजीमा रहेका मानिसले भने यो वर्ष सफलता प्राप्त गर्न सक्छन् र सामाजिक क्षेत्रमा तपाईंको मन-सम्मान पनि बढ्नेछ।

तपाईंको लागि व्यापार व्यवसायको हिसाबले यो वर्ष अत्यन्त शुभ साबित हुनेछ। नयाँ कार्य तथा व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो वर्ष तपाईंले उत्कृष्ट सफलता प्राप्त गर्न सक्नुहुनेछ। कसैसँग ठूलो रकम ऋण लिन वा कसैलाई ऋण दिनबाट भने बच्नु होला, अन्यथा नोक्सान हुने सम्भावना उच्च रहन्छ।

प्रेम सम्बन्धमा मिठास बढ्नेछ। कर्कट राशिका मानिसले यो वर्ष आफ्नो प्रेम जीवनलाई वैवाहिक जीवनमा पनि परिवर्तन गर्न सक्छन्। वर्षको अन्त्यतिर भने सम्बन्ध कुनै कारणले फाटो आउनसक्छ। त्यसैले आपसी समझदारीमा यसलाई समाधान गर्ने प्रयास गर्नुहोस्।

तपाईंले कार्यक्षेत्रमा पदोन्नतीको अवसर प्राप्त गर्नुहुनेछ। साथै यदि तपाईं आफ्नो रोजगारी परिवर्तन गर्न चाहनुहुन्छ भने पनि २०७८ साल तपाईंको लागि शुभ रहनेछ। तर सामूहिक व्यवसायमा संलग रहेका मानिसले भन्ने सोचे अनुरुप सफलता प्राप्त गर्न असमर्थ रहनेछन्।

स्वास्थ्यको हिसाबले हेर्दा तपाईंको लागि यो वर्ष सामान्य रहनेछ। रगत सम्बन्धि समस्याले सताउन सक्छ, सजग रहनुहोला। घर परिवारको स्वाथ्यमा धन खर्च हुनेछ। हड्डी सम्बन्धि समस्या पनि देखा पर्न सक्छ।

शिक्षा क्षेत्रको कुरा गर्दा कर्कट राशिका मानिसले यो वर्ष शैक्षिक क्षेत्रमा राम्रो नजिता प्राप्त गर्नेछन्। वर्षको अन्त्यतिर विद्यार्थी वर्गले आफूले सोचे अनुरुप् सफलता प्राप्त गर्नेछन्।

सिंह राशि

वर्ष २०७८ सिंह राशिका मानिसको लागि शुभ रहने देखिन्छ। आँट गरेका हरेक कार्य पूरा हुने सम्भावना रहेको छ। घरमा कुनै प्रकारको मांगलिक कार्य सम्पन्न हुनसक्छ। तपाईंका आफन्त तथा नजिक व्यक्तिहरु बाट प्राप्त भएको सहयोगले हरेक कार्य सम्पन्न गर्न सहज हुनेछ।

व्यापारको हिसाबले हेर्ने हो भने सिहं राशि भएका मानिसको लागि यो वर्ष निकै सफल साबित हुनेछ। शैक्षिक क्षेत्रमा रहेका मानिसले यो समयमा भरपूर लाभ उठाउन सफल हुनेछन्। सेयर बजारमा लागेका मानिसले भने यो वर्ष अलि सावधानी अपनाउनु पर्ने आवश्यक देखिन्छ। तपाईंको आर्थिक पक्ष वर्षभर नै मजबूत रहनेछ।

तपाईंले यो वर्ष आफूले खोजेको जस्तो पार्टर भेट्टाउन सक्नुहुनेछ। तपाईको प्रेम समबन्धमा भने परिवारको समर्थन नरहन पनि सक्छ। परिवारका सदस्यसँगको सम्बन्ध अझ मजबूत हुनेछ। साथै कसैसँग मनमुटाव चलिरहेको छ भने पनि यो वर्ष तपाईंहरु बीचको असमझदारी सुल्झिन सक्छ।

नयाँ व्यवासय तथा रोजगार सुरु गर्न चाहनुहुन्छ भने यो वर्ष तपाईंको लागि अत्यन्त शुभ साबित हुनेछ। वैदेशिक, राजनैतिक तथा कूटनैतिक क्षेत्रमा संलग भएका व्यक्तिहरूले यो समयमा अत्यन्त लाभ प्राप्त गर्न सफल हुनेछन् तर तपाईंले कुनै कारणले अपजसको सामना भने गर्नुपर्ला, सजग रहनुहोस्।

स्वास्थ्यको दृष्टिकोणले हेर्दा यो वर्ष तपाईं लाई नशाको रोगले सताउन सक्छ, यसबारे ध्यान दिनुहोला। परिवारका सदस्यको स्वास्थ्य बिग्रन सक्छ, सजग रहन आवश्यक छ। साथै चोटपटक पनि लाग्न सक्छ।

शिक्षाको हिसाबले यो वर्ष शुभ रहनेछ। शिक्षाको कारणले विदेशको योग पनि रहेको छ। चिकित्सा क्षेत्रमा विद्यार्थीहरुको लागि २०७८ साल झन सफल रहनेछ।

कन्या राशि 

कन्या राशिका मानिसको लागि २०७८ साल सामान्य रहनेछ। धनलाभ मिल्ने उच्च सम्भावना रहेको छ। घरमा कुनिउ प्रकारको मांगलिक तथा शुभ कार्यको आयोजना हुनेछ। समग्रमा भन्नु पर्दा तपाईंको लागि यो वर्ष मिश्रित रहनेछ।

आर्थिक हिसाबले हेर्ने हो भने पनि तपाईंको यो साल मिश्रित रहनेछ। ठूला व्यापारीहरुले यो वर्ष अधिक भन्दा अधिक लाभ प्राप्त गर्ने सम्भावना देखिन्छ। घरजग्गा तथा गाडीको व्यवसायमा संलग्न मानिसलाई उल्झन र नोक्सानी पनि हुनसक्छ। तपाईंको आर्थिक स्थितिमा पनि उतार-चढाव आउनेछ।

प्रेम सम्बन्धमा अझ बढी अनुकूल रहनेछ। तपाईंको प्रेम सम्बन्ध विवाहमा पनि परिणत हुनसक्छ। दाम्पत्य जीवन भने त्यति सुखमय नरहला। जीवनसाथीसँग मनमुटावको स्थिति उत्पन्न हुनेछ। यसका साथै परिवारका सदस्य बीच पनि मदभेद पैदा हुनसक्छ।

रोजगार तथा नयाँ कार्यको सुरु गर्न चाहनुहुन्छ भने यो वर्ष तपाईंको लागी अत्यन्त शुभ साबित हुनेछ। कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। वैदेशिक रोजगारको बारेमा सोच्दै हुनुहुन्छ भने पनि यो समय अनुकूल रहनेछ।

स्वास्थ्यको कुरा गर्नु पर्दा मुटु सम्बन्धि रोगले सताउन पनि सक्छ, सजग रहनुहोला। मानिसक स्वास्थ्यमा पनि केहि असर पर्न सक्छ। परिवारका सदस्यहरुमा कसैको लागि धन खर्च हुने सम्भावना देखिन्छ।

शिक्षा क्षेत्रको बारेमा कुरा गर्दा वर्षको सुरुवातमा शैक्षिक क्षेत्रमा कुनै प्रकारको सफलता प्राप्त नहोला। तर समयसँगै परिस्थिति अनुकूल हुँदै जानेछ। कानून तथा कृषि सम्बन्धि विषयका मानिसको लागि यो वर्ष खासै शुभ नरहला।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१७:१४

आज चैत्र २८ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !