आज चैत्र २८ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिन धार्मिक र आध्यात्मिक प्रवृत्ति विशेष रहनेछ। मनमा दुविधा रहनाले  ठोस निर्णय लिन सक्नुहुने छैन। पैसाको लेन-देन वा  आर्थिक व्यवहार नगर्नुहोला। शारीरिक र मानसिक बेचैनी अनुभव गर्नुहुनेछ।  धार्मिक कार्यमा खर्च होला। विदेशमा बस्ने आफन्तको समाचार मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यापारमा  वृद्धि हुनुको साथसाथै व्यापारको सम्बन्धमा सम्झौता लाभदायक साबित हुनेछ। आयको साधनामा वृद्धि हुनेछ। वृद्द तथा मित्रसँग लाभ र सुखद क्षण अनुभव गर्नुहुनेछ। दाम्पत्यजीवनमा सन्तोष र आनन्द रहनेछ। महिला वर्गको तर्फबाट लाभ र  मान- सम्मान मिल्नेछ। वैवाहिक योग रहेको छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक र मानसिक सुख बनिरहनेछ। पेसा – व्यवसायमा परिश्रम गर्नुहुनेछ। अधिकारी वर्गको प्रोत्साहनबाट उत्साह बाध्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। कुटुम्बिक माहोल आनन्दमय  रहनेछ। पिताबाट लाभ  हुनेछ। सरकारी कार्य पूर्ण हुन्  सरलता रहनेछ। दाम्पत्यजीवनमा  सुख र आनन्द  अनुभव गर्नुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भाग्य वृद्धिको साथ्साथै आकस्मिक धन लाभ हुनेछ। विदेश जान इच्छुक मान्छेको प्रयास सफल हुनेछ। अर्थात विदेशबाट शुभ समाचार प्राप्त हुनेछ। धार्मिक कार्य वा यात्रामा खर्च हुनेछ। पारिवारिक सदस्यसँग र पदाधिकारीसँग सुखमय दिन बित्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। तपाईलाई निषेधात्मक विचारले गलत मार्गमा नलगोस यस कुराको ध्यान राख्नुहोला। पारिवारिक सदस्यसँग मनमुटाव होला। अनैतिक कार्यबाट बदनामी हुने योग रहेको छ। भगवानको स्मरण र  आध्यात्मिक विचार तपाईको साँचो  मार्गनिर्देशक रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दाम्पत्यजीवनको सुखद क्षण अनुभव गर्नुहुनेछ।  सामाजिक र सार्वजनिक क्षेत्रमा प्रसिद्दि र प्रतिष्ठा प्राप्त गर्नुहुनेछ। मनोरंजनको प्रवृत्तिमा भाग लिनुहुनेछ। विपरीत लिंगीय व्यक्तिसँग परिचय प्रणय परिवर्तित हुनेछ। व्यापारमा साथीसँग राम्रो सम्बन्ध रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सामान्य रूपले स्वास्थ्य शुभ रहनेछ र बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ। घरमा सुख-शान्तिको वातावरणमा समय बिताउनुहुनेछ।  कार्यमा सफलता र प्रसिद्दि मिल्नाले उत्साह बढ्नेछ। पेसामा लाभदायक समाचार मिल्नेछ र साथी कर्मचारीको सहयोग मिल्नेछ। स्त्री मित्रसँग भेट हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

यात्रा आयोजन नगर्नुहोला। स्वास्थ्यको सम्बन्धमा चिन्तित रहनुहुनेछ। सन्तानसँग सम्बन्धमा समस्या खडा हुनेछ। स्वाभिमान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला। यधपी वित्तीय आयोजनको लागि शुभ समय रहेको छ। बौद्धिक चर्चा वा वाद-विवादमा भाग नलिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अत्यधिक संवेदनशीलताको कारण र घरेलू मामलालाई लिएर मानसिक तनाव खडा होला।  मनमा उठ्ने दुविधाबाट तपाई मानसिक उचाट अनुभव गर्नुहुनेछ।  स्वास्थ्यको सम्बन्धमा दिन शुभ रहनेछ। आमाको स्वास्थ्यको विशेष ध्यान राख्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

नयाँ कार्यको आरम्भको लागी तयार रहनुहोला। कार्यको आरम्भको लागि तयार रहनुहोला। हरेक कार्य तन-मनबाट स्वस्थ रहेर गर्नुहुनेछ।  व्यापार-धन्दामा लाभ हुनेछ। मित्र, आफन्त र भाईबहिनीसँग मेलमिलाप रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मनमा दुविधा खडा हुनेछ। महत्त्वपूर्ण निर्णय नलिनुहोला। बोलीमा विशेष ध्यान राख्नुहोला। पारिवारिक सदस्यसँग मनमुटाव होला। धार्मिक कार्यमा खर्च हुनेछ। स्वास्थ्य खराब हुनेछ। विधार्थीको लागि दिन मध्यम फलदायी रहेको छ। नकारात्मक विचारलाई टाढा गर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आनन्द- उत्साह र तन-मनको प्रसन्नताले चेतना र उर्जा संचार हुनेछ। नयाँ कार्य हातमा लिनुहुनेछ। धार्मिक मांगलिक प्रसंगमा जानुहुनेछ। मनमा कुनै लिदै दुविधा अनुभव गर्नुहुनेछ। परिवारसँग मिष्टान्न भोजनको आनन्द लिनुहुनेछ। दाम्पत्यजीवन आनन्दमय रहनेछ।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१७:४१

भोलि चैत्र २८ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !