बलिउड अभिनेत्री जान्हवी कपूर सोशल मिडियामा धेरै सक्रिय छिन् । उनी सामाजिक संजालमा नियमित जस्तै तस्विरहरु पोस्ट गरिरहन्छिन्। जान्हवी अहिले बिदाको समय परेर माल्दिभ्स पुगेकी छन् । त्यहाँबाट उनले आफ्ना केहि तस्वीरहरू सामाजिक संजालमा पोस्ट गरेकी छन्, जुन आहिले भाइरल भइरहेका छन्।
जान्हवीले समुद्री किनारमा खिचिएका अहिलेसम्मकै हट तस्बिरहरू आफ्नो आधिकारिक इन्स्टाग्रामबाट ह्यान्डलबाट सार्वजनिक गरेकी हुन्।
पहिलो तस्विरमा जान्हवी पछाडि फर्केर क्यामेरा तर्फ हेरीरहेकी छिन्। माथिको फोटोमा अस्ताउदाको सूर्यको रातो किरणहरु देख्न सकिन्छ। त्यसपछि तल समुन्द्रको नीलो पानी। मानौं उसको तस्वीरमा सबकुरा मनमोहक छ ।
यस फोटोमा जाहन्वीको अनुहार देख्न त सकिदैन तर अनुमान लगाउन सकिन्छ उनि सिढी ओर्लेर पानीमा जाँदै छिन् ।
उनलाई फोटोमा एकदमै खुसि भएको देख्न सकिन्छ।
उनका फोटोहरू मा १० लाखभन्दा बाढी लाइक आइसकेको छ। उनका फ्यानहरुले फोटोको धरैनै प्रशंसा गरेका छन् ।