नयाँ वर्ष २०७८मा सूर्य मेष राशिमा प्रवेश गर्ने, यी राशीहरुलाई पर्नेछ नराम्रो प्रभाव

काठमाडौँ : ग्रहले व्यक्तिको जीवनमा विशेष महत्व राख्छ। जीवनका शुभ-अशुभ घटनाका परिणाम ग्रहसँग सम्बन्धित हुन्छन्। ज्योतिषका अनुसार सबै ग्रह एक राशिबाट अर्को राशिमा गोचर गर्छन्। यस राशि परिवर्तनले मानिसहरुका कुण्डलीमा ग्रहका शुभ-अशुभ परिणामहरु देख्न सकिन्छ। ज्योतिषका अनुसार चैत २८ पिशाच चतुर्दशीको दिन देखि अर्को वर्ष २०७८ को वैशाख ३ गतेको समयभित्रमा चार ठुला गोचर हुँदैछन्। यी सात दिनमा हुने गोचरले देश-दुनियाँमा गहिरो प्रभाव पर्नेछ।

शुक्र मेष राशिमा गोचर : शुक्र ग्रह आज चैत्र २६ गतेबाट मीन राशिबाट निक्लेर मेष राशिमा गोचर गर्नेछ। मेष राशिमा शुक्रको गोचर हुँदा सामान्य प्रभाव पर्ने देखिन्छ। यस राशि परिवर्तन हुँदा मानिसहरु भावनात्मक रुपमा संगठित भएको देख्न सकिन्छ। भौतिक इच्छा पूर्ति हुने सम्भावना छ। यस राशिमा ग्रहको गोचरले प्रेम-सम्बन्धमा मधुरता आउनेछ। जीवनमा मान-सम्मान बढ्नेछ। यद्यपि नारीवादी मानिसहरुले चुनौतीको सामना गर्नुपर्नेछ। यसबीच घरपरिवारमा पारिवारिक माहोल सुखद् रहनेछ। आपसी वादविवाद कम हुनेछ। यस अवधिमा मानिस ईर्ष्या नगर्नुहोला, धन खर्च कम गर्नुहोला र अरुमाथि हक जमाउन नखोज्नुहोला ।

सूर्य मेष राशिमा गोचर : सूर्यलाई ग्रहको राजा मानिन्छ। नयाँ वर्षको दिन सूर्य मीन राशिबाट निक्लिएर मेष राशिमा प्रवेश गर्नेछ। यस गोचरले मेष राशिका जातकले सफलता हासिल गर्नेछन्। मान-सम्मान बढ्नेछ। तलब वृद्दिसँगै माथिल्लो तहमा बढुवा हुन् सक्छ। कार्यक्षेत्रमा अकल्पनीय सफलता प्राप्त हुनेछ। तपाईको स्वभावमा उग्रता र श्रेष्ठताको भाव आउँछ। यस अवधिमा कसैसँग वादविवादमा नपर्नुहोला। भ्रममा नपर्नुहोला र वास्तविकतामा जिउने कोशिश गर्नुहोला।

बुध मेष राशिमा गोचर : ज्योतिषका अनुसार बुध ग्रहको उच्च राशिमा गोचरले सकारात्मक प्रभाव पार्नेछ तर नीच राशिमा बुधले नकारात्मक प्रभाव पार्नेछ। बैशाख ४ गते बुध मीन राशिबाट मेष राशिमा प्रवेश गर्नेछ। यसको प्रभाव मानिसको व्यवहारमा पर्नेछ। तपाईको स्वभावमा बदलाव आउन् सक्छ। विरोधीको गतिविधि बढ्ने आशंका छ।

तपाईको व्यवहारमा जिद्दीको भाव आउन् सक्छ। यद्यपि तपाई अत्ति आत्मविश्वासबाट बच्नुहोला। यस राशिका मानिसले प्रतियोगिताका क्षेत्रमा अधिक रुचि राख्नेछन्। यस राशि जातक अरुको सल्लाहलाई पनि सम्मान गर्छन् र आफ्नो कुरालाई पनि सम्मान गरोस् भन्ने चाहना राख्छन्।

मङ्गल मिथुन राशिमा गोचर : मङ्गल ग्रह अग्नि तत्व हो। यसलाई उर्जा र साहसको कारक पनि मानिन्छ। मङ्गल ग्रह नयाँ वर्षको दिन वृष राशिबाट निस्किएर मिथुन राशिमा गोचर गर्नेछ। यस राशिमा गोचर हुँदा थुप्रै बदलावको सामना गर्नुपर्नेछ। मानिसहरुबीच भ्रमको स्थिति पैदा हुनेछ। यसकारण उनीहरु आफ्नो लक्ष्य प्राप्त गर्नमा असफल हुनेछन्। सुस्तता, थकावट, दर्द, असुरक्षाको भाव र एकाग्रताको कमी आदि समस्या पैदा हुन् सक्छ। यस अवधिमा मानिसहरुलाई भ्रममा नपरी वास्तविकतासँग जोडिरहन सल्लाह दिईन्छ। यस बाहेक कैयन शुभ परिणामहरु पनि मिल्नेछ। मान-सम्मान, प्रतिष्ठा र प्रोत्साहन प्राप्त हुनेछ। जागिरका नयाँ अवसरहरु पाउनुहुनेछ।

सबै राशि कति प्रभावित हुनेछन् : आज चैत्र २८ गतेदेखि बैशाखको दोस्रो हप्तासम्म ग्रहको गोचर एक राशिबाट अर्को राशिमा जाने क्रम चलिरहन्छ। शुक्र, सूर्य र बुध ग्रहको गोचर मेष राशिमा हुनेछ। मङ्गल ग्रह वृष राशिबाट मिथुन राशिमा प्रवेश गर्नेछ। राहु वृष राशिमै विराजमान रहनेछ र केतु वृश्चिक राशिमा रहनेछ। आउँदो महिना मेष, मिथुन, तुला, मकर, कुम्भ र सिंह राशिका लागि अत्यन्तै शुभ हुने वाला छ। जबकि कर्कट, कन्या र वृश्चिक राशिका जातकले यस अवधिमा थुप्रै चुनौतीहरु सामना गर्नुपर्नेछ। त्यस्तै वृष, धनु र मीन राशिका लागि आउँदो महिना मिश्रित फलदायी रहनेछ।

देश-दुनियाँमा असर : यी गोचरको प्रभाव मुलुकभर देखिनेछ। यस समयावधिमा भारत सरकारले केही शक्तिशाली कदम चाल्न सक्छ। दशौँ भावमा शनि आफ्नो स्वराशिमा रहने कारण देशको मान-सम्मान बढ्नेछ। बृहस्पति एघारौँ भावमा हुने कारण छिमेकीसँगको सम्बन्ध थप मजबूत हुनेछ। बैशाख महिनामा मुलुक मात्र नभई पूरा विश्वमा कोरोना भाइरसको प्रकोप कम गर्ने गरिएको प्रयास सफल हुनेछ।

प्रकाशित : शनिबार, चैत २८, २०७७२०:०७

आज चैत्र २९ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !