धेरै दिनपछि घट्यो सुनचाँदीको मुल्य यस्तो छ आजको भाउ!

काठमाडौँ, चैत २९ – गएको केहि दिन देखि उकालो लाग्न थालेको सुनको मूल्य आज आइतबार भने घटेको छ । गएको आइतबारबाट बढ्न थालेको सुनको मूल्य आज  घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५  सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ८९ हजार ५० रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी सुनको मूल्य मंगलवार ३ सय, बुधबार ५ सय, बिहिबार १ हजार र शुक्रबार ९ सय  रुपैंयाँले बढेको थियो।

यस हप्ता सुनको मूल्य

यस हप्ता सुनको मूल्य गएका हप्ताहरुमा भन्दा अलि महँगो रह्यो। यस हप्ता छापावाला सुन ८७ हजार २ सय देखि ८९ हजार ९ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुनको मूल्य भने ८६ हजार ७ सय ५० देखि ८९ हजार ४ सय ५० रुपैंयाँ बीच रह्यो।

चाँदीको मूल्य

सुनको मूल्य घट्दा आज चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु ५ ले घटेको छ।  जससँगै चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ कायम भएको छ।

प्रकाशित : आइतबार, चैत २९, २०७७११:५३

नेप्सेके बनायो नयाँ रेकर्ड, यी कम्पनीका शेयर हुने मालामाल !