प्रचण्ड पत्नी सिताको अवस्था दयनीय: फोटो भाइरल, वास्तवमा के भएको हो?

काठमाडौँ, चैत्र २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको तस्विर यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ । सिता दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सीबाट पिडित छिन् । खासमा सिता दाहालकी छोरी रेणु दाहालले सामाजिक संजाल फेसबुकमा आफ्नी आमासंगको तस्विर शेयर गरेकी थिइन् । जसमा उनले गंगा दाहाललाई ट्याग गर्दै आमा लेखेर फोटो शेयर गरेकी छिन् ।

सार्वजनिक तस्विरमा सिता दाहाल निकै दुब्ली, कम्जोर र निकै दयनीय अवस्थामा देखिएकी छिन् । तर बुझिएअनुसार सिता दाहालको स्वास्थ्य अवस्था सामान्य रहेको छ र तौल भने कम भएको छ । अहिले उनको नियमित उपचार भईरहेको छ । कमेन्टमा धेरैले चिन्ता व्यक्त गर्दै सिता निकै कम्जोर देखिएको लेखेका छन्।

सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा-हिँड्दै लड्ने जस्ता समस्या भोग्दै आइरहेकी छिन् ।  उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टर, सिंगापुर, भारत लगायत थुप्रै स्थानमा उपचार गरिएको थियो । साथै उनलाई त म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचार पनि गराइएको थियो।

प्रकाशित : आइतबार, चैत २९, २०७७१३:५७

शिवपुरी जंगलमा ठूलो आगलागी, हेलिकप्टरबाट पानी खसाल्ने तयारी!