यी स्टारहरु जसको बिहे महिनौ पनि टिकेन, कसैको ७ महिना-कसैको २ वर्ष!

बलिउड सेलिब्रिटीको व्यक्तिगत जीवन सधैँ चर्चामा रहन्छ। यी स्टारको सम्बन्ध पनि  चर्चाको विषय बनिरहेको हुन्छ। बलिउडमा कैयौँ अभिनेताको सम्बन्ध त्यस समयमा टिकेको थिएन। थाहा पाउनुहोस् यी स्टारको बारे जसले बिहे त गरे तर उनीहरुको सम्बन्ध केहि महिनापछि टुट्यो।

रेखा र मुकेश अग्रवाल


चर्चित अभिनेत्री रेखाको फिल्मी करियर निकै ग्ल्यामरस रह्यो। तर उनको निजी जिंदगी भने सधैँ विवादित नै रह्यो। रेखाले ४ मार्च, १९९० मा  बिजनेसम्यान मुकेश अग्रवालसँग बिहे गरेकी थिइन्। दुवैको भेट एक साथी मार्फत भएको थियो। भेटपछि मुकेशले रेखालाई बिहे गर्नको लागि प्रस्ताव गरे। त्यसपछि यी दुईले मन्दिरमा बिहे गरेका थिए। तर बिहेपछि मुकेशको बिजनेसमा निकै नोक्सान भयो।  रेखासँग पनि सम्बन्ध खराब चलिरहेको थियो।  त्यसकारण उ डि-प्रेशनको शिकार भएका थिए र २ अक्टूबर, १९९० मा उनले आ-त्मह-त्या गरेका थिए। रेखा र मुकेशको बिहे सात महिनासम्म मात्र चलेको थियो।

मनीषा कोइराला र सम्राट दलाल


कैयौँ  सुपरहिट फिल्ममा काम गरिसकेकी अभिनेत्री मनीषा कोइरालाको बिहे पनि लामो समयसम्म चलन सकेन  । १९ जुन ,२०१० मा मनीषाले  सम्राट दाहालसँग नेपालको काठमाण्डौंमा बिहे गरेकी थिइन्। बिहे भएको दुई वर्षपछि  मनीषाले सामाजिक सञ्जालमा २०१२ मा डिभोर्स भएको खुलासा गरेकी थिइन्।

दिव्या भारती और साजिद नाडियाडवाला


दिव्याले १४ वर्षको उमेरदेखि नै बलिउडमा कदम राखेकी थिइन्। उनले केही समयमा नै पहिचान बनाएकी थिइन्। फिल्म ‘शोला और शबनम’ को शूटिंगको समयमा गोविंदाले दिव्याको भेट साजिदसँग गरेका थिए। भेटपछि  यी दुईमा माया बस्यो र बिहे गर्ने निर्णय गरे। दिव्याले  इस्लाम धर्म अपनाएर १० मे १९९२ मा साजिदसँग बिहे गरेकी थिइन्।  तर बिहे भएको ११ महिनापछि ५ अप्रिल १९९३ मा दिव्याको मृत्यु भएको थियो।

किशोर कुमार र योगिता बाली


योगिताले  ७०  र ८० दशकबीचमा कैयौँ फिल्ममा काम गरेकी थिइन्।  यसैक्रममा उनको जिन्दगीमा किशोर कुमारको इन्ट्री भएको थियो। दुवैले कैयौँ फिल्ममा सँगै काम  गरेका थिए।  त्यसपछि यी दुईले बिहे गर्ने निर्णय लिए। यी दुईले १९७६ मा बिहे  गरेका थिए। यो किशोर कुमारको तेस्रो बिहे थियो। उनीहरु बिहे भएको दुई वर्षपछि अलग भएका थिए। किशोर कुमारसँग अलग भएपछि योगिताले मिथुन चक्रवर्तीसँग बिहे गरेकी थिइन्।

प्रकाशित : आइतबार, चैत २९, २०७७१८:००

किन यति धेरै चलचित्रमा सलमानको नाम ‘प्रेम’ राखियो ? यस्तो छ रोचक किस्सा !