जब शाहिदले ‘गाइ-भैसी’ सँग गरेका थिए करिनाको तुलना, यस्तो थियो प्रतिक्रिया!

फिल्म इंडस्ट्रीमा स्टारबीच रोमान्स हुनु सामान्य कुरा हो। केहि अभिनेता-अभिनेत्रीको सम्बन्ध बन्छ र टुट्छ। केहिको सम्बन्ध  सधैँको लागी बनिरहन्छ भने  केहिको  केहि समयपछि टुट्छ । बलिउडमा यस्तै जोडी थिए, जसलाई दर्शकले निकै रुचाउथे। ति हुन शाहिद कपूर र करीना कपूर । एक समयमा यी दुईको सम्बन्धको  निकै  चर्चा  हुने गर्थ्यो।

ब्रेकअप भएपछि सबै छक्क
शाहिद र करीना कपूर सबैको मनपर्ने जोडी थियो। दुवैले एकअर्कालाई निकै माया गर्थे। तर पछि यी दुईको  ब्रेकअपको खबरले सबै अचम्मित भएका थिए ।  २००७ सालमा फिल्म ‘जब वी मेट’ को शूटिंगको क्रममा दुवैले अलग हुने निर्णय लिएका थिए। फिल्म बक्स अफिसमा हिट भएको थियो । तर वास्तविक जीवनमा भने यी दुई अलग भईसकेका थिए। अलग भएपछि शाहिदको कुरामा कैयौँपटक  ब्रेकअपको पीडा देखिएको थियो। तर एकपटक शाहिदले यस्तो भनेका थिए कि त्यो सुनेर सबै छक्क परेका थिए।

शाहिदको जवाफ
वास्तवमा एक अन्तर्वार्तामा शाहिदलाई फेरि पनि करीना कपूरसँग काम गर्ने कि नगर्ने बारेमा प्रश्न गरिएको  थियो। शाहीदले यसको जवाफमा  भनेका थिए , ‘म उसँग काम गर्न चाहन्छु। मलाई लाग्छ कि एक अभिनेताको रुपमा यदि निर्देशकले गाई वा भैँसीसँग रोमान्स गराउन चाहन्छन भने म गर्छु।  किनकि यो मेरो काम हो।’  आफ्नो ब्रेकअपमा शाहिदले भनेका थिए , ‘ म आफुलाई  एक राम्रो  ब्वायफ्रेन्ड भएकोमा दोषी ठान्छु । म चार वर्ष लामो सम्बन्धमा थिए  र  धेरै प्रतिबद्ध थियो ।  मैले त्यो सम्बन्धबाट धेरै कुरा सिके। म यो भन्न चाहन्छु कि म अब कहिलेपनि राम्रो प्रेमी बन्न सक्दिन्।’

करीनाको यस्तो प्रतिक्रिया
करीना कपूरले पनि एक अन्तर्वार्तामा  शाहिदसँग ब्रेकअप र सैफसँग गरेको बिहेको बारेमा खुलेर बताएकी थिइन्। उनले भनिन् ,”भाग्यको पनि आफ्नै योजना हुन्छ। त्यही अनुसार  जिन्दगी चल्छ।  फिल्म ‘जब वी मेट’ की शूटिंग देखि फिल्म टशनबीचमा धेरै कुरा भयो र हाम्रो बाटो फेरियो। ” करीनाले भनेकी थिइन् कि ‘जब वी मेट’ फिल्मले उनको  करियर बदलिएको थियो भने टशनको सेटमा  सैफसँग भएको भेटले उनको  जिन्दगी बद्लिएको थियो ।

प्रकाशित : सोमबार, चैत ३०, २०७७१४:१७

जब अनु मालिकले नेहा कक्कडको गीत सुनेर आफैंलाई थप्पड हानेका थिए [भिडियो सहित]