रियल विरुद्ध मेस्सीको गोल खडेरी, रोनाल्डो गएयता एक गोल पनि गर्न सकेनन् !

एजेन्सी – बार्सिलोनाका कप्तान लियोनेल मेस्सी रियल म्याड्रिड विरुद्धको गोल खडेरी तोड्ने असमर्थ भएका छन्। शनिबार राति सम्पन्न ‘एल क्लासिकोमा गोल गर्न असमर्थ भएसँगै मेस्सीलप रियल म्याड्रिड विरुद्धको गोल खडेरी अझै लम्बिएको हो।

लालिगा अन्तर्गतको खेलमा मेस्सीले रियल म्याड्रिडमा विरुद्ध गोल गरेको १ हजार दिन भन्दा बढी समय बितिसकेको छ। मेस्सीले पछिल्लो पटक रियल विरुद्ध सन् २०१८ को मे मा गोल गरेका थिए। त्यसयता मेस्सीले रियल विरुद्ध गोल गर्न सकेका छैनन्।

रियल विरुद्ध खेलेका पछिल्ला ७ खेलमा मेस्सीले गोल गर्न सकेका छैनन्। यो मेस्सीको करियरकै लामो गोल खडेरी हो। रियल विरुद्ध यति लामो समय गोल गर्न नसकेको पहिलो पटक हो।

शनिबार राती सम्पन्न ‘एल क्लासिकोमा मेस्सीले गोल गर्न नसक्दा रियलले जित हात पार्यो। बार्सिलोना २–१ ले पराजित हुँदा रियलले सिजनको दुवै ‘एल क्लासिको आफ्नो कब्जामा पार्यो।

शनिबार रियलका सर्जियो रामोस र राफेल भाराने अनुपस्थित हुँदा पनि मेस्सी आफ्नो जादू चलाउन असमर्थ रहे। मेस्सीले पोस्टमा गरेका ७ प्रहार गोलमा परिणत हुन सकेनन्।

क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि मेस्सीले गर्न सकेका छैनन् गोल

मेस्सीले रियल विरुद्ध पछिल्लो पटक सन् २०१८ मा गोल गरेका थिए। मे महिनाको ‘एल क्लासिकोमा मेस्सीले गोल गरेका थिए। उक्त खेल रोनाल्डोको अन्तिम क्लासिको थियो। यस हिसाबमे रोनाल्डो गएयता मेस्सीले रियल विरुद्ध गोल गर्न सकेका छैनन्।

प्रकाशित : सोमबार, चैत ३०, २०७७१०:००

रेफ्रीले मेस्सीलाई भने- “फुटबलको नियम थाहा छैन भने म पछि सिकाउँला है”