रहेनन् रामचन्द्र पौडेलका भाइ गोविन्दराज, एक्लो भएँ भन्दै फेसबुकमा लेखे यस्तो भावुक स्ट्याटस !

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएको छ। वरिष्ठ नेता पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएको हो। पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए ।

पौडेलले आफ्नो भाइको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन्। भाइको निधनले आफू मर्माहत भएको पौडेलले फेसबुकमा उल्लेख गरेका छन्। गोविन्दराज पौडेल आफ्ना लागि भाइ भन्दा पनि एक साथीको रुपमा रहेको र उनको निधनले आफूलाई एक्लो बनाएको पौडेलको भनाई छ।

आफ्नो राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइको निधनबाट आफूले एक्लो महसुस गरिरहेको भन्दै पौडेलले फेसबुक मार्फत आफ्ना भावना पोखेका छन्।

“मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए । प्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरी सबै कुरामा सहयोगी थिए । मेरो राजनीति जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले म आफुलाई एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ गोविन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु।”,पौडेलले फेसबुकमा लेखेका छन्।

प्रकाशित : सोमबार, चैत ३०, २०७७१०:२१

मनकामना केबुलकार नियमित सञ्चालन