काठमाडौँ – निलम्बनमा परेका नेकपा एमालेका नेता भीम रावलले सिके राउत नेतृत्वको जनमत पार्टीको क्रियाकलापलाई लिएर प्रश्न उठाएका छन्।
सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशनमा ‘स्वतन्त्र मधेश’को झण्डा प्रयोग भएको पाइएपछि रावलले ट्वीटर मार्फत प्रश्न उठाएका हुन्।
सीके राउतका कार्यक्रममा ‘स्वतन्त्र मधेश’को झण्डा प्रयोग भएको विषयमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी श्रम ओली किन मौन भन्ने रावलको प्रश्न छ।
रावलले ट्वीट गर्दै भनेका छन्,”सीके राउतसँगको सम्झौतामा दुई देशबीच जस्तो भाषा प्रयोग र सभागृहमा महान् व्यक्तित्वझैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ । जवाफमा ‘स्वतन्त्र मधेश’को नारा छोडेको भनिएको थियो । तर हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’को ब्यानर–झण्डा राखिएकोप्रति प्रम केपी किन मौन ?”
सीके राउतसंगको सम्झौतामा दुई देश बीच जस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्व झैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ।जवाफमा 'स्वतन्त्र मधेश'को नारा छोडेको भनिएको थियो।तर हालै सीके राउतको सम्मेलनमा 'स्वतन्त्र मधेश' को ब्यानर-झण्डा राखिएको प्रति प्रमं केपी किन मौन?
— Bhim Rawal, PhD (@BhimRawal179) April 12, 2021