तुला राशि
२०७८ साल तुला राशि भएका मानिसको लागि सामान्य रहनेछ। यो वर्ष आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र धार्मिक यात्रा समेत हुनेछ। मानसिक चिन्ता तथा मान-प्रतिष्ठामा आँच पनि आउन सक्छ।
आर्थिक हिसाबले हेर्दा तुला राशिका मानिसको जीवनमा थुप्रै उतार-चढाव आउनेछ। शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्दा अप्रत्याशित सफलता प्राप्त हुनेछ। आर्थिक दृष्टिले भन्नु पर्दा तपाईंको लागि २०७८ सालको साउन, भाद्र, असोज र चैत्र महिना शुभ रहनेछ ।
प्रेम सम्बन्ध तथा दाम्पत्य जीवनमा एक-अर्का बीच मदभेद पैदा हुनसक्छ, यसलाई समझदारीका साथ समाधान गर्नुहोस्। आफन्त तथा साथी-भाईसँगको सम्बन्धमा पानो खटास आउन सक्छ। वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध मजबूत हुनेछ।
रोजगारको खोजीमा रहेका मानिसले वर्षको सुरुवातसँगै सफलता प्राप्त गर्नेछन्। वैदेशिक रोजगारको योजनामा रहेका मानिसले यो वर्ष सफलता प्राप्त गर्ने योग रहेको छ। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ, साथै कार्यस्थल परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने पनि समय अनुकूल रहनेछ।
स्वास्थ्यको दृष्टिकोणले यो वर्ष तपाईंको लागि प्रतिकूल रहनेछ। चोटपटकको भय रहनेछ। नशा तथा ग्यास्टिक रोगले सताउन सक्छ। परिवारको स्वास्थ्यका लागि अधिक खर्च हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा निकै सावधानी अपनाउनु पर्नेछ।
शिक्षा क्षेत्रको बारेमा कुरा गर्नु पर्दा यो वर्ष अत्यन्त शुभ साबित हुनेछ। प्राविधिक क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ। वैदेशिक शिक्षाका लागि पनि यो समय शुभ रहनेछ।