मन्त्रिपरिषद् बैठक बस्दै, विद्यालय बन्दकाे निर्णय हुन सक्ने !

काठमाडौँ – आज साँझ मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ। आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्न लागेको हो।

आजको बैठकमा देशभर बढिरहेको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै विभिन्न निर्णय हुन सक्ने सम्भावना छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले गरेको सिफारिसको सम्बन्धमा बैठकले निर्णय गर्न सक्ने अनुमान गरिएको छ।

शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले बढिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

विद्यालय बन्दकाे विषयमा निर्णय हुन सक्ने

आजको मन्त्रिपरिषद बैठकले विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गर्न सक्ने बताइन्छ। संक्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तिमा ३ सातासम्म बन्द गर्न सीसीएमसीको बैठकले गरेको सिफारिसको विषयमा ठोस निर्णय आज हुन सक्छ।

विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताए । उनले कोरोना सङक्रमणको जोखिम कुनै ठाउँमा प¥यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा जोड दिए।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) का अध्यक्ष टीका पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याप्सन) का महासचिव सुवास न्यौपानेको पनि जोखिम न्यूनीकरण गर्न सावधानी अपनाउनुपर्ने तर विद्यालय बन्द नगर्ने सुझाव थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोरोनाको प्रभाव सबैतिर एकनास नहुने भएको हुँदा क्षेत्रगत रुपमा निर्णय लिनुपर्ने सुझाव दिए । सामुदायिक विद्यालय केन्द्रीय महासङ्घका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चान गर्न सुझाव दिए ।

प्रकाशित : सोमबार, चैत ३०, २०७७१५:००

नेपालमा कोरोना भाइरसको रुप फेरियो, पहिले भन्दा कडा भयो !