रुरु जलविद्युतको आईपीओ बाँडफाँड शुक्रबार हुदै, यसरी हेर्नुहोस रिजल्ट!

काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडको दोस्रो चरणको आईपीओ यही शुक्रबारभित्र सर्वसाधारणलाई बाँडफाँड हुने भएको छ ।

कम्पनीले १२० रूपैयाँका दरले ४  लाख ७  हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेकोमा २ करोड ३३ लाख ७७  हजार २२० कित्ताको लागि आवेदन परेको छ। जुन माग गरिएभन्दा ६२ गुणा बढी हो। बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको अनुसार हाल आईपीओ को डाटा भेरिफिकेशनको काम भैरहेको छ । त्यसपछि प्रिअलटमेन्ट गरि यही शुक्रबार नै आईपीओ बाँडफाँड हुनेछ।

निष्कासन गरेको शेयर मध्ये ८ हजार १ सय ५४ कित्ता कर्मचारीहरुका लागि, २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

आईपीओको नतिजा लगानीकर्ताले सिडिएससीको नया वेबसाइट, मेरो शेयर, कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइटबाट हेर्न सक्नेछन्।

प्रकाशित : सोमबार, चैत ३०, २०७७२०:१७

सुनको मूल्यले रेकर्ड बनाएको वर्ष, कति देखि कति सम्ममा कारोबार भयो ? आज कति ?