मृत्युको ढोकामा एक पाइला टेकेर फर्किसके यी बलिउड स्टार !

बलिउडमा यस्ता थुप्रै सेलिब्रिटी छन् जो विभिन्न प्रकारको ग-म्भीर समस्याबाट ग्रसित भइसकेका छन्। यद्यपि आफ्नो मजबूत तथा विजयी मानसिकताका कारण उनीहरुले मृ-त्युलाई समेत चक्मा दिएका थिए। आज हामी तपाईंलाई यस्तै केहि बलिउड स्टारको बारेमा बताउँछौं जसले मृ-त्युको ढोकाका एक पाइला टेकेर पनि फर्किएर आए।

अमिताभ बच्चन 

बलिउडका बिग बीले फिल्म ‘कुली’ को क्रममा भएको दुर्घटना पछि भारी डोजमा औषधि सेवन गरेका थिए। जसको कारण दुर्घटनाको लगत्तै पछि, उनी मायस्थेनिया ग्र्याभिस भन्ने रोगको सिकार हुन पुगे। यति मात्र होइन, अमिताभ बच्चन एक समय टिबी जस्तो ग-म्भीर रोगबाट ग्रसित थिए। त्यस्तै, २००६ मा पत्ता लाग्यो कि उनलाई हेपेटाइटिस बी पनि छ। तर उपचार पछि उनको यो समस्या ठिक भएको थियो।

सलमान खान 

सलमान खान सन् २००१ देखि ट्राइजेमिनल न्यूरल्जिया भन्ने दुर्लभ रोगबाट ग्रसित थिए। अहिले उनी यो रोगबाट पूरै ठिक भएता पनि सलमानलाई अहिले पनि धेरै रिस उठ्यो भने उनको नशामा समस्या आउँछ।

सोनाली बेन्द्रे 

सोनाली बेन्द्रे पनि कुनै समय क्यान्सरबाट पिडित थिइन्। उनले एक पोस्ट गर्दै सबैलाई यसबारे जानकारी दिएकी थिइन्। उनले अमेरिका गएर यसको उपचार गरेकी हुन्। उपचारको क्रममा सोनालीको अवस्था निकै चन्ताजनक रहेको बताइएको थियो।

सेफ अली खान 

२००७ मा जब अस्वस्थताको कारण सेफलाई अस्पताल लगियो, डाक्टरहरुले त्यो समयमा सेफलाई हृदयघात भएको पुष्टि गरेका थिए। डाक्टरका अनुसार सेफलाई मायोकार्डियल इन्फ्रक्शनको समस्या थियो। धूम्रपानको लत यसको जिम्मेवार भएको बताइएको थियो।

अनुराग बासु 

२००४ मा बलिउडका चर्चित निर्देशक अनुराग बासुलाई ब्लड क्यान्सर भएको थियो। डाक्टरले त अनुरागसँग यो संसारमा जम्मा दुई महिना रहेको समेत बताएका थिए। यसको बाबजुद पनि उनले यस रोगलाई पराजित गर्न सफल भए। यति मात्र होइन, उनको फिल्म ‘तुम सा नही देखा’ अस्पतालबाट नै निर्देशित गरेका थिए।

प्रकाशित : मङ्गलबार, चैत ३१, २०७७१२:१३

अहिलेसम्म नदेखिएको क्युट अभिनेत्री रश्मिकाको यी तस्विर, जसले पार्नेछ सबैलाई छक्क!