मकर राशि हुनेहरुका लागि कस्तो रहला २०७८ साल ? हेर्नुहोस् वार्षिक राशिफल !

मकर राशि 

मकर राशिका मानिसको लागि यो वर्ष अत्यन्त शुभ फलदायी साबित हुनेछ। यो वर्ष कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय पनि रहनेछ। साथै केहि क्षेत्रमा चमत्कारिक रूपमा सफलता प्राप्त हुनेछ।

यो वर्ष गाडी सम्बन्धि व्यापार गर्ने मानिसले अधिक लाभ उठाउन सफल हुनेछन्। सेयर बजार अन्तर्गत विमा तथा बैंकिंग क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । ठेक्कापट्टा र सेवामुलक व्यावसायबाट पनि उत्कृष्ट लाभ मिल्ने सम्भावना रहेको छ। आर्थिक दृष्टिकोणले हेर्दा वर्षको सुरुवातमा तपाईंको आर्थिक पक्ष मजबूत रहनेछ।

प्रेम सम्बन्ध यो वर्ष अझै बलियो हुनेछ। साथी-भाई बीचको सम्बन्धमा पनि प्रगाढता आउनेछ। पुराना मित्रहरुसँग पनि रमणीय भेटघाट हुनेछ। वर्षको सुरुवातमा दाम्पत्य जीवनमा समस्या देखा परे पनि समयसँगै सम्बन्ध मजबूत हुँदै जानेछ। वाणीमा संयम नराख्दा जुन सुकै पनि सम्बन्धमा समस्या आउन सक्छ।

नयाँ व्यवसाय तथा रोजगारको सुरुवात गर्नको लागि यो वर्ष शुभ रहनेछ। वैदेशिक रोजगार भने सामान्य नै रहनेछ। सञ्चार, प्राविधिक, तथा मनोरञ्जन क्षेत्रमा संलग्न मानिसको लागि समय अत्यत्न शुभ साबित हुनेछ। कृषि पेशामा रहेका मानिसले भने यो वर्ष केहि समस्याको सामना गर्नुपर्नेछ।

स्वास्थ्यको बारेमा भन्नु पर्दा मकर राशि भएका मानिसको लागि यो वर्ष उतार-चढाव वाला हुनेछ। खानपानमा विशेष ध्यान दिन जरूरी छ, अन्यथा स्वास्थ्य सम्बन्धि समस्याले अस्पतालसम्मको बाटो देखाउन सक्छ। हड्डी सम्बन्धि समस्याले सताउन सक्छ।

शिक्षाको कुरा गर्दा विद्यार्थी वर्गको लागि यो वर्ष अनुकूल नै रहनेछ। शिक्षाको लागि विदेशमा रहेका विद्यार्थीहरुको लागि भने यो वर्ष त्यति खास नरहला।

प्रकाशित : मङ्गलबार, चैत ३१, २०७७१६:३५

मीन राशि हुनेहरुका लागि कस्तो रहला २०७८ साल ? हेर्नुहोस् वार्षिक राशिफल !