तुला देखि मीन राशि सम्मका राशि मध्ये २०७८ साल कसलाई बढी शुभ ? हेर्नुहोस् वार्षिक राशिफल !

तुला राशि 

२०७८ साल तुला राशि भएका मानिसको लागि सामान्य रहनेछ। यो वर्ष आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र धार्मिक यात्रा समेत हुनेछ। मानसिक चिन्ता तथा मान-प्रतिष्ठामा आँच पनि आउन सक्छ।

आर्थिक हिसाबले हेर्दा तुला राशिका मानिसको जीवनमा थुप्रै उतार-चढाव आउनेछ। शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्दा अप्रत्याशित सफलता प्राप्त हुनेछ। आर्थिक दृष्टिले भन्नु पर्दा तपाईंको लागि २०७८ सालको साउन, भाद्र, असोज र चैत्र महिना शुभ रहनेछ ।

प्रेम सम्बन्ध तथा दाम्पत्य जीवनमा एक-अर्का बीच मदभेद पैदा हुनसक्छ, यसलाई समझदारीका साथ समाधान गर्नुहोस्। आफन्त तथा साथी-भाईसँगको सम्बन्धमा पानो खटास आउन सक्छ। वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध मजबूत हुनेछ।

रोजगारको खोजीमा रहेका मानिसले वर्षको सुरुवातसँगै सफलता प्राप्त गर्नेछन्। वैदेशिक रोजगारको योजनामा रहेका मानिसले यो वर्ष सफलता प्राप्त गर्ने योग रहेको छ। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ, साथै कार्यस्थल परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने पनि समय अनुकूल रहनेछ।

स्वास्थ्यको दृष्टिकोणले यो वर्ष तपाईंको लागि प्रतिकूल रहनेछ। चोटपटकको भय रहनेछ। नशा तथा ग्यास्टिक रोगले सताउन सक्छ। परिवारको स्वास्थ्यका लागि अधिक खर्च हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा निकै सावधानी अपनाउनु पर्नेछ।

शिक्षा क्षेत्रको बारेमा कुरा गर्नु पर्दा यो वर्ष अत्यन्त शुभ साबित हुनेछ। प्राविधिक क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ। वैदेशिक शिक्षाका लागि पनि यो समय शुभ रहनेछ।

वृश्चिक राशि 

वृश्चिक राशिका मानिसको लागि यो वर्ष मध्यम रहनेछ। नजिकका व्यक्तिहरुसँग वाद-विवादको स्थिति आउनुका साथै आर्थिक संकटको सामना गर्नु पर्नेछ। मानसिक अशान्ति रहन्छ। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ।

व्यापार-व्यवसायको दृष्टिकोणबाट यो वर्ष तपाईंको लागि अत्यन्त शुभ साबित हुनेछ। कसैलाई दिइएको पैसा फिर्ता आउने सम्भावना रहेको छ। सेयरबजार क्षेत्रमा संलग्न मानिसले यो वर्ष सक्दो लाभ उठाउनेछन्। तरल पदार्थ र खाद्यान्नको कारोबारमा भने समय त्यति अनुकूल नरहला। वर्षभर नै तपाईंको आर्थिक स्थिति मजबूत रहनेछ।

प्रेम सम्बन्धको हिसाबले वृश्चिक राशिका मानिसको लागि यो वर्ष मध्यम रहनेछ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। प्रेम सम्बन्ध सुमधुर हुँदै जानेछ। परिवारका सदस्यबाट पूरा साथ सहयोगको अपेक्षा राख्न सकिन्छ। साथी-भाईसँगको सम्बन्ध सुमधुर हुनेछ।

कार्यक्षेत्रमा केहि समस्या आउनसक्छ। नयाँ रोजगारको खोजीमा रहेका मानिसले सफलता प्राप्त गर्न सक्छन्। सरकारी क्षेत्रमा काम गर्ने मानिसहरु कानूनी झमेलामा फस्न सक्छन्, सजग रहनुहोला। राजनैतिक क्षेत्रमा पनि विविध समस्या आउला।

स्वास्थ्यको हिसाबले भन्नु पर्दा आँखा सम्बन्धि समस्याले सताउन सक्छ। साथै, पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ। खानपानमा विशेष साव्धान रहनु पर्नेछ। आफन्त तथा परिवारका सदस्यको स्वास्थ्य चिन्ताको कारण बन्न सक्छ।

शिक्षा क्षेत्रको बारेमा कुरा गर्दा यो वर्ष वृश्चिक राशिका मानिसको लागि अनुकूल रहनेछ। विद्यार्थी वर्गको लागि वर्षको सुरुवातमा शैक्षिक क्षेत्रमा सफलता प्राप्त भएता पनि वर्षको अन्त्य भने त्यति सुखद् नरहला। वैदेशिक शिक्षाका लागि गएका मानिसको लागि समय त्यति अनुकूल नरहन पनि सक्छ।

धनु राशि 

धनु राशिका मानिसको लागि यो वर्ष मश्रित फलदायी रहनेछ। सुख सुबिधामा वृद्धि हुनुका साथै न्यायीक कार्यमा सफलता मिल्नेछ। यो वर्ष तपाईंले मेहनत अनुरुप सफलता प्राप्त नगर्न पनि सक्नुहुन्छ।

आर्थिक पक्ष मजबूत रहनेछ। व्यापार-व्यवासय क्षेत्रमा केहि समस्या देखा परे पनि अधिक सफलता प्राप्त हुनेछ। आफन्तसँग आर्थिक लेनदेन नगरेकै राम्रो हुनेछ, अन्यथा नोक्सान हुनुका साथै सम्बन्धमा सामेत समस्या आउनसक्छ। सेयर बजारमा संलग्न हुनेको लागि समय अनुकूल रहनेछ। खाद्य पदार्थको कारोबारबाट अधिक लाभ उठाउने मौका मिल्नेछ।

प्रेम सम्बन्ध थोरै खटपट आउनसक्छ। यस्तोमा दुबैले समझदारीका साथ निर्णय लिन आवश्यक हुन्छ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। कामको शिलशिलामा परिवारका सदस्यसँग टाढा हुनु पर्ने हुनसक्छ।

रोजगारको खोजीमा रहेका मानिसले यो वर्ष सफलता हात पार्ने छन्। रोजगार परिवर्तन गर्न चाहने मानिसको लागि पनि समय अत्यन्त अनुकूल रहनेछ। सरकारी क्षेत्रमा रोजगारी गर्ने मानिसको लागि यो वर्ष अत्यन्त शुभ साबित हुनेछ। ठेक्का पट्टाका काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ।

स्वास्थ्य क्षेत्रमा आफ्नै सानो गल्तीको कारण ठूलो नोक्सान हुनसक्छ, सजग रहनुहोला। परिवारको स्वास्थ्यका लागि अधिक पैसा खर्च हुने सम्भावना रहेको छ। स्वास प्रस्वास सम्बन्धि समस्याले सताउन सक्छ।

विद्यार्थी वर्गको लागि यो साल अत्यन्त शुभ साबित हुनेछ। शिक्षा क्षेत्रमा सोचे अनुरुप अंक प्राप्त गर्न सफल हुँदा मन प्रशन्न रहनेछ। व्यवस्थापन र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् ।

मकर राशि 

मकर राशिका मानिसको लागि यो वर्ष अत्यन्त शुभ फलदायी साबित हुनेछ। यो वर्ष कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय पनि रहनेछ। साथै केहि क्षेत्रमा चमत्कारिक रूपमा सफलता प्राप्त हुनेछ।

यो वर्ष गाडी सम्बन्धि व्यापार गर्ने मानिसले अधिक लाभ उठाउन सफल हुनेछन्। सेयर बजार अन्तर्गत विमा तथा बैंकिंग क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । ठेक्कापट्टा र सेवामुलक व्यावसायबाट पनि उत्कृष्ट लाभ मिल्ने सम्भावना रहेको छ। आर्थिक दृष्टिकोणले हेर्दा वर्षको सुरुवातमा तपाईंको आर्थिक पक्ष मजबूत रहनेछ।

प्रेम सम्बन्ध यो वर्ष अझै बलियो हुनेछ। साथी-भाई बीचको सम्बन्धमा पनि प्रगाढता आउनेछ। पुराना मित्रहरुसँग पनि रमणीय भेटघाट हुनेछ। वर्षको सुरुवातमा दाम्पत्य जीवनमा समस्या देखा परे पनि समयसँगै सम्बन्ध मजबूत हुँदै जानेछ। वाणीमा संयम नराख्दा जुन सुकै पनि सम्बन्धमा समस्या आउन सक्छ।

नयाँ व्यवसाय तथा रोजगारको सुरुवात गर्नको लागि यो वर्ष शुभ रहनेछ। वैदेशिक रोजगार भने सामान्य नै रहनेछ। सञ्चार, प्राविधिक, तथा मनोरञ्जन क्षेत्रमा संलग्न मानिसको लागि समय अत्यत्न शुभ साबित हुनेछ। कृषि पेशामा रहेका मानिसले भने यो वर्ष केहि समस्याको सामना गर्नुपर्नेछ।

स्वास्थ्यको बारेमा भन्नु पर्दा मकर राशि भएका मानिसको लागि यो वर्ष उतार-चढाव वाला हुनेछ। खानपानमा विशेष ध्यान दिन जरूरी छ, अन्यथा स्वास्थ्य सम्बन्धि समस्याले अस्पतालसम्मको बाटो देखाउन सक्छ। हड्डी सम्बन्धि समस्याले सताउन सक्छ।

शिक्षाको कुरा गर्दा विद्यार्थी वर्गको लागि यो वर्ष अनुकूल नै रहनेछ। शिक्षाको लागि विदेशमा रहेका विद्यार्थीहरुको लागि भने यो वर्ष त्यति खास नरहला।

कुम्भ राशि 

कुम्भ राशिको लागि यो वर्ष सामान्य रहनेछ। घरमा शुभ तथा मांगलिक कार्यको आयोजना हुनसक्छ। रोकिएका कार्य पनि सजिलै सफल हुने देखिन्छ। मानसिक स्वास्थ्यको भने ध्यान दिनु पर्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ।

यो वर्ष कुम्भ राशिका मानिसको लागि व्यापार-व्यवसाय क्षेत्रमा अधिक अनुकूल समय रहनेछ। प्राविधिक क्षेत्रमा गरिएको लगानीले तपाईंलाई मालामाल गराउँनेछ। सेयर बजारमा संलग्न मानिसको लागि समय अनुकूल रहनेछ। इलेक्ट्रोनिक क्षेत्रका मानिसले पनि यो वर्ष लाभ उठाउनेछन्। वर्षभर नै तपाईंको आर्थिक स्थिति मजबूत रहनेछ।

प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। आफन्तसँग पनि कुनै कारणले दूरी बढ्न सक्छ, सजग रहनुहोला। यो वर्ष नयाँ सम्बन्ध गठन नगरेकै राम्रो हुनसक्छ। साथी-भाई बीच पनि खतपट हुने सम्भावना रहेको छ।

रोजगारको खोजीमा रहेका मानिसले यो वर्ष सफलता प्राप्त गर्नेछन्। सरकारी क्षेत्रमा रहेका मानिसले २०७८ सालमा प्रशस्त लाभ उठाउन सफल हुनेछन्। कार्यक्षेत्रमा सहकर्मीसँग राम्रो सम्बन्ध नरहन पनि सक्छ। तपाईंका गुप्त शत्रुमा वृद्धि हुनसक्छ।

मानसिक चिन्ता बढ्न सक्छ, साथै मानसिक समस्याले पनि सताउन सक्छ। रगत सम्बन्धि समस्या पनि देखा पर्न सक्छ, सजग रहनुहोस्। चोटपटकको भय रहने हुँदा यात्रा गर्दा विशेष ध्यान दिनुहोला। खानपानमा विशेष ध्यान दिन जरूरी हुन्छ।

शिक्षा क्षेत्रमा यो वर्ष तपाईंको रुचि बढ्नेछ। वैदेशिक शिक्षाका लागि गएका मानिसको लागि यो वर्ष अत्यन्त उत्कृष्ट रहनेछ। विद्यार्थी वर्गले पूरा वर्ष राम्रो अंक ल्याउन सफल हुनेछन्।

मीन राशि 

मीन राशिका मानिसको लागि यो वर्ष शुभ साबित हुनेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यमा सफलता मिल्ने सम्भावना उच्च रहन्छ। यो पूरा वर्ष तपाईलाई भाग्यले पनि साथ दिनेछ। आकस्मिक सफलता प्राप्त हुनेछ। कुनै पनि कार्यमा ढिलासुस्ती आउनसक्छ।

२०७८ सालमा तपाईंको आर्थिक पक्ष सबल रहनेछ। पहिले लिइएको ऋण तिर्न सफल भइनेछ। आयको तुलनामा व्यय बढी हुनेछ। सेयर बजारमा संलग्न मानिसले ध्यान दिनु पर्नेछ। स्वास्थ्य तथा हार्डवेयरको व्यवसाय गर्ने मानिसको लागि यो वर्ष अत्यन्त शुभ साबित हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। वर्षको अन्त्यतिर धन लाभ मिल्ने सम्भावना छ।

वर्षको सुरुवातमा प्रेम सम्बन्धमा मनमुटाव उत्पन्न हुनसक्छ। सानो-तिनो वाद-विवाद पनि हुनसक्छ। तर समयसँगै सम्बन्धमा सुधार आउनेछ। प्रेमी / प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुँदै जानेछ। कार्यक्षेत्रमा भने सहकर्मीसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।

कार्यक्षेत्र परिवर्तन गर्न चाहने मानिसको लागि यो वर्ष अत्यन्त शुभ रहनेछ। रोजगार क्षेत्रमा पदोन्नतीको पनि सम्भावना रहेको छ। प्रतिस्पर्धी पराजित हुनेछन्। वैदेशिक रोजगारको योजना बनाइरहेका मानिसको लागि भने समय राम्रो छैन।

स्वास्थ्यको हिसाबले भन्नु पर्दा यो वर्ष तपाईंलाई मुटु, रगत, नशा तथा हड्डी सम्बन्धि समस्याले सताउन सक्छ। त्यसैले, स्वास्थ्य प्रति सजग रहनुहोला। छाला तथा प्रजनन समस्याबाट छुटकारा मिल्नेछ।

यो साल कला, साहित्य र मनोरञ्जन क्षेत्रमा विशेष सफलता प्राप्त हुने सम्भावना रहेको छ। वैदेशिक शिक्षाको योजना गरेका विद्यार्थीको लागि भने समय त्यति अनुकूल नरहला। प्राविधिक शिक्षाका विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गर्न सक्छन्।

प्रकाशित : मङ्गलबार, चैत ३१, २०७७१७:५९

भोलि २०७८ सालकै पहिलो दिन, कुन राशिलाई कति शुभ ? हेर्नुहोस् दैनिक राशिफल !