देशभर ५१७ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या ३ हजार ५८ पुग्यो !

काठमाडौँ — मंगलबार देशभर थप ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा ४ हजार ३ सय ८६ पीसीआर तथा ८ सय १७ जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरबाट ४६० जना र एन्टीजेन परीक्षणबाट ५७ जना जारी कुल ५१७ कोरोना संक्रमित भेटिएका हुन् ।

यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८० हजार ९८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ रहेको छ । हाल नेपालमा ३ हजार ६०८ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, आज थप ५ जनाको कोरोना संक्रमणको कारण मृ-त्यु भएको छ। जससँगै देशभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३ हजार  ५८ पुगेको छ।

देशभर ५१७ कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा २०१ जनामा संक्रमण पुष्टि भएको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। जसमा काठमाडौं १ सय ६१, ललितपुर २८ र भक्तपुरमा १२ जना रहेका छन्।

प्रकाशित : मङ्गलबार, चैत ३१, २०७७१६:४७

एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी !