बलिउड स्टारहरूको जीवन निकै विलासी र सुखी देखिन्छ। यी स्टारहरुको जीवनशैली देख्दा हरेको मानिसको मनमा लाग्न सक्छ कि यिनीहरुको जीवनमा कुनै पनि प्रकारको दुख नै छैन। पर्दामा सधैं हास्ने र खुसी देखिने यी स्टारहरुको जीवनमा यस्ता यस्ता दुखद घटना घटिसकेका छन् कि जुन सुनेर तपाईंको आँखामा पनि आँसु आउन सक्छ। आज हामी तपाईंलाई यस्ता बलिउड स्टारहरुको बारेमा बताउँछौं जसले आफ्नै आँखा अगाडी आफ्ना सन्तानले प्राण त्यागेको देखे……
गोविन्दा
बलिउडका हिरो नम्बर १ अभिनेता गोविन्दा यस्ता कलाकार हुन् जो प्राय: खुसी मुहारका साथ पर्दामा देखा पर्छन्। फिल्म मार्फत खुब नाम कमाएका उनको परिवार पनि हेर्दा निकै सुखी र खुसी देखिन्छ। तर उनको जीवनमा यस्तो समय पनि आएको थियो जब उनले आफ्नो सन्तान गुमाउनु परेको थियो। उनकी पहिलो छोरी मात्र ४ महिनाको हुँदा यस संसार छाडेर गएकी थिइन्।
शेखर सुमन
शेखर पनि पर्दामा धेरै जसो हाँसमुख मुहारका साथ देखा पर्छन्, तर उनको जीवनमा यस्तो समय पनि आयो जुन सायद उनको पूरा जिन्दगी कै सबैभन्दा दुखद क्षण थियो। शेखरले अलकासँग विवाह गरेका थिए। उनको जीवनमा सबै कुरा राम्रो हुँदै गइरहेको थियो तर एक दिन उनलाई थाहा भयो कि उनको जेठो छोरो आयुषलाई मुटु रोग छ। उनको छोराको ११ वर्षको उमेरमा नै निधन हुन पुग्यो।
कबीर बेदी
बलिउड अभिनेता कबीर बेदी पनि यस पीडाबाट गुज्रिसकेका छन्। उनको २६ वर्षीय छोरा सिद्धार्थले आ-त्म’ह-त्या गरेका थिए। वास्तवमा, सिद्धार्थ अध्ययनको क्रममा डिप्रेशनको शिकार भएका थिए। यस अवधिमा नै उनले आ-त्म’ह-त्या गरेका हुन्।
मेहमूद
फिल्म जगतका दिग्गज स्टार मेहमूद अब यस संसारमा छैनन्। पर्दामा दर्शकलाई सधैं हँसाउने महमूदले पनि जवान छोरा म्याक अलीको मृ-त्यु’को झटका सहनु पर्यो। म्याकले ३१ वर्षको उमेरमा कार्डियाक अरेस्टको कारण यस संसार छाडेका थिए।
आमिर खान
बलिउडका मिस्टर परफेक्स्ट आमिर खान आजको समयमा आफ्नी श्रीमती र तीन बच्चाहरुका साथ एकदमै खुसी देखिन्छन्। यद्यपि आमिरको जीवनमा पनि एक यस्तो समय आएको थियो जब उनले आफ्नो एक बच्चा गुमाएका थिए। आमिरकी श्रीमती गर्भवती थिइन् तर कुनै कारणले गर्दा उनको गर्भपतन भयो।