अभिनेत्री ऋचा शर्मा आमा बन्दै, तस्वीर शेयर गर्दै लेखिन यस्तो भावुक स्टाटस!

काठमाडौँ, बैशाख १। अभिनेत्री ऋचा शर्मा आमा बन्दै छिन्। उनले २०७६ को मङ्सिरमा दिपेक्ष विक्रम राणासंग विवाह गरेकी थिइन्। ऋचाले आज नया वर्षको दिन आफु आमा बन्न लागेको कुरा सामाजिक संजाल फेसबुक मार्फत शेयर गरेकी हुन् । उनले भनेकी छिन्, ‘आफ्नो गर्भमा एउटा जीवनलाई हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन।’ उनले आफ्नो स्वर्गीय आमालाई सम्झिदै यस्तो भावुक स्टाटस लेखेकी छिन्:

“आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ। आज तपाईंहरु माँझ यो खुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, “छोरी आज ठुली भई।”

अभिनेत्री ऋचा हाल कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । उनले थुप्रै चलचित्र तथा म्युजिक भिडियोमा काम गरेकी छिन्।

प्रकाशित : बुधबार, बैशाख ०१, २०७८०९:०७

प्रतिपक्षी मित्र भए, तर आफ्नैले घात गरे !