यस्तो रह्यो अभिनेत्री प्रियंका कार्कीको नयाँ वर्ष २०७८-[तस्विर सहित]!

काठमाडौँ, बैसाख १ । आज नयाँ वर्ष अर्थात् २०७८ सालको पहिलो दिन हो । आज नयाँ वर्षको दिन देशैभरिका मानिसहरु आपसमा सद्भावको आदान-प्रदान गर्ने, शुभकामना लिने दिने, नया उल्लासको साथ आफ्नो परिवारसंग समय बिताउने, घुमफिर गर्ने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने र मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गर्छन।

वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र सीमित नभई अन्य देश भारत, बाङ्ग्लादेश र श्रीलङ्कासहित एशियाका केही देशमा पनि यही दिन नयाँ वर्ष मनाइन्छ ।  नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्षको आरम्भलाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने देशहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ ।

यसै बीच नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका कार्कीले पनि नयाँ वर्ष मनाएकी छन् । नायिका कार्कीले आफ्नो परिवार र पति आयुष्मान देशराज जोशीसँगै नयाँ वर्ष मनाएकी छिन् । उनि छिट्टै आमा बन्दै छिन्। केहि दिन अगाडी उनले आफु गर्भवती रहेको खुलासा गरेकी थिइन्।  केहि  तस्विर शेयर गर्दै उनले लेखेकी छिन्, ‘नया बर्ष २०७८ को यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना’

प्रकाशित : बुधबार, बैशाख ०१, २०७८१२:०७

बलिउडका यी स्टारले आफ्नै आँखा अगाडी देखिसके सन्तानको मरण !