एजेन्सी – पेरिस सेन्ट जर्मन(पीएसजी)का स्टार फरवार्ड नेयमारले लियोनेल मेस्सी र किलियन एम्बप्पे बीच तुलना हुन नसक्ने बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिने क्रममा नेयमारले एम्बाप्पे र मेस्सी बीच कुनै पनि तुलना हुन नसक्ने बताएका हुन्।
मेस्सी विश्वको सर्वोत्कृष्ट फुटबलर रहेको र एम्बाप्पे हुने क्रममा रहेको कारण दुई बीच तुलना हुन नसक्ने नेयमारले बताए। उनले भने,”मेस्सी र एम्बाप्पे बीच तुलना हुनै सक्दैन। मेस्सी मैले देखेका सर्वश्रेष्ठ खेलाडी हुन् र एम्बाप्पे उत्कृष्ट मध्ये एक बन्ने क्रममा छन्।”
एम्बाप्पे मेस्सीको स्तरमा पुग्न धेरै समय बाँकी रहेको नेयमारको भनाई छ। दुवैको खेल्ने शैली फरक रहेका कारण पनि दुई बीच तुलना हुन नसक्ने उनले बताए।
त्यस्तै नेयमारले एम्बाप्पेको गतिको प्रशंसा गरेका छन्। एम्बाप्पे मैदानमा एकदम छिटो रहेको र त्यसले एम्बाप्पेलाई अन्य खेलाडीहरु सशक्त र बलियो बनाएको नेयमारको भनाई छ।
“किलियन एकदम छिटो छन्। त्यहि बभएर मैले उनलाई केन्द्रित भएर, ध्यान दिएर हेर्ने गरेको छु।”,नेयमारले भने। एम्बाप्पे जतिको गति आफ्नो पनि होस् भन्ने चाहना रहेको नेयमारले सुनाए।
एम्बाप्पेको प्रशंसा गरेर थाकेनन् नेयमार, गोल्डेन ब्वाइ भन्दै दर्शाए प्रेम !
नेयमारले किलियन एम्बाप्पेको खुलेर प्रशंसा गरेका छन्। फ्रान्सेली वातावरणमा घुलमिल हुन एम्बाप्पेले नै आफूलाई सिकाएको नेयमारले बताए। एम्बाप्पेकै कारण फ्रान्समा अहिले आफू सहज महशुस गरिरहेको नेयमारको भनाई छ।
“एम्बाप्पेकै कारण फ्रान्सेली जीवन शैलीबारे मैले धेरै कुरा सिक्न पाएँ।”,नेयमारले भने,”मलाई फ्रान्सेली मानसिकताबारे पनि उनैले बुझाएका हुन्।”
फ्रान्समा घुलमिल हुन सक्नु र खुशी सक्नुको पछाडी एम्बाप्पे रहेको नेयमारले बताए। एम्बाप्पे र आफू बीच धेरै राम्रो सम्बन्ध रहेको दावी पनि नेयमारले गरे। उनले भने,”म यहाँको वातावरणमा घुलमिल हुन सक्नुको श्रेय उनलाई जान्छ। र उनैका कारण पनि म खुशी हुन सकेको छु।”
नेयमारको नजरमा एम्बाप्पे विचारशील, विनम्र र दयालु छन्। एम्बाप्पेमा सबैलाई प्रभावित पार्न सक्ने गुण रहेको नेयमारले बताए। नेयमारले एम्बाप्पे क्लबको ‘गोल्डेन ब्वाइ’ रहेको पनि बताए।
“सबै भन्दा पहिको कुरा, म उनको व्यक्तिबाट अत्यन्त प्रभावित भएँ। किलियन अरुको निकै ख्याल राख्ने, सँधै खुशी हुने, विनम्र छन्। उनी निकै राम्रा मान्छे हुन्, त्यसैले पहिलो भेटदेखि नै हामीहरुबीचको सम्बन्ध राम्रोसँग अघि बढिरहेको छ ।”,नेयमारले भने,”मैले उनको प्रशिक्षण, गति, ड्रिबलिङ कला मात्र नभई निरन्तर आफूलाई सुधार्ने नम्रता देख्न पाएको छु। यहि देखेर त म उनलाई गोल्डेन ब्वाइ भन्छु।”