देशभर ६०३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र २५४ जना संक्रमित भेटिए !

काठमाडौँ — बुधबार देशभर थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा ४ हजार २ सय ८९ पीसीआर तथा ४ सय ५१ जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरबाट ५८० जना र एन्टीजेन परीक्षणबाट २३ जना जारी कुल ६०३ कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८१ हजार ५८७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १२९ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७४ हजार १६५ रहेको छ । हाल नेपालमा ४ हजार ५६ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा २५४ जनामा संक्रमण पुष्टि भएको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। जसमा काठमाडौं १ सय ७३, ललितपुर ६१ र भक्तपुरमा २० जना रहेका छन्।

त्यस्तै, बुधबार थप ३ जनाको कोरोना संक्रमणको कारण मृ-त्यु भएको छ। जससँगै देशभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३ हजार ६१ पुगेको छ।

प्रकाशित : बुधबार, बैशाख ०१, २०७८१६:३१

उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८, पशुपतिनाथको पाँच लाखले दर्शन गरे !