काठमाडौं विश्वको प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा !

काठमाडौँ – काठमाडौं उपत्यका बिहिबार पनि विश्वको प्रदूषित शहरहरुको सूचीमा पहिलो स्थानमा परेको छ। केहि समय देखि लगातार जस्तै विश्वको प्रदूषित शहरहरुको सूचीको पहिलो स्थानमा पर्दै आएको काठमाडौँ उपत्यका आज पनि एक नम्बरमा परेको हो।

बुधबार भन्दा प्रदूषण केहि कम भएपनि काठमाडौं उपत्यका बिहिबार पनि विश्वको सबै भन्दा बढी प्रदूषित शहरको रुपमा कायम छ। आज काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको छ। यस अगाडी बुधबार काठमाडौंको वायुको स्तर २ सय एक्युआइसम्म पुगेको थियो।

नेपालका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण हुन नसक्दा वायु प्रदूषण पनि नियन्त्रणमा आउन नसकेको हो। हाल देशका ३७७ स्थानमा डढेलो लागिरहेको बताइएको छ। काठमाडौँमा मात्र नभई देशका विभिन्न शहरमा अहिले प्रदूषणको स्तर उच्च छ।

पश्चिमी वायुको प्रभावले मौसममा ल्याएको बदलीले वायु प्रदूषणको मात्र केहि घटाएको भएपनि पूर्ण रुपमा प्रदूषण घट्न सकेको छैन। आज, भोलि र पर्सि देशका पहाडी भू-भागहरुमा मेघजर्गनसहित हल्का वर्षाको सम्भावना रहेका कारण प्रदूषण केहि घट्ने अनुमान मौसमविद्हरुले गरेका छन्।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने र पहाडी भू–भागका थेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : बिहिबार, बैशाख ०२, २०७८१०:४१

कारोबार खुलेको वर्षको पहिलो दिन नै बढ्यो सुनको मूल्य !