दुई टाउको, तीन हात भएकी बच्चा जन्मिइन्, दुवै मुखले पिउँदै छिन् दुध !

एजेन्सी – भारतकी एक महिलाले धेरै नै दुर्लभ बालिकालाई जन्म दिएकी छन्। भारत ओडिशाकी एक महिलाले दुई शिर र तीन हात भएकी एक बालिकालाई जन्म दिएकी हुन्।

उमाकान्त परीडाकी पत्नी अम्बिकाले धेरै नै दुलभ बालिकालाई जन्मदिएको भारतीय संचार माध्यमहरुले जनाए। भारतीय संचार माध्यमहरुका अनुसार ती बालिकाको दुई शिर, एक शरीर, दुई खुट्टा र तीन हात छन्।

राजनगर क्षेत्रको कनी गाउँकी बासिन्दा अम्बिकाले जन्माएको बालिकाको अवस्था सामान्य रहेको बताइएको छ। हाल उनी दुवै मुखले दुध खाइरहेकी छन्। साथै उनले दुवै नाकबाट श्वास फेरिरहेको डाक्टरहरुले बताए।

“नवजात शिशु दुवै मुखले खाँदै छिन् र उनी दुवै नाकबाट श्वास फेरिरहेकी छन्। यो जोडिएका जुम्ल्याहाको अवस्था हो। यी जोडिएका दिदी-बहिनी हुन्। एकै शरीरमा जोडिएर दुई शिर छन्, दुई खुट्टा र तीन हात छन्।”,केन्द्रपारा जिल्ला सदरमुकाम अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर देवासिस साहूले भने।

एक निजी अस्पतालमा जन्मिएकी ती बालिका र तिनकी आमालाई त्यहाँको सरकारी अस्पतालमा सारिसकिएको छ। ती बालिकाको उपचार कसरी गर्न सकिन्छ भन्ने बारे डाक्टरहरु परामर्श र थप अनुसन्धान गर्दैछन्।

प्रकाशित : बिहिबार, बैशाख ०२, २०७८११:२१

यी अक्षरबाट नाम गरेका महिलाले प्रेमि/श्रीमानलाई गर्छन् अत्याधिक प्रेम !