कुनै पनि सम्बन्धमा एक-अर्का प्रति विश्वास र भरोसा हुनु अत्यन्त आवश्यक हुन्छ। जुन सुकै सम्बन्धको बलियो जग नै भरोसा र विश्वासमा टिकेको हुन्छ। यस्तोमा, मजबूत प्रेम सम्बन्धका लागि प्रेमी / प्रेमिका बीच विश्वास र भरोसा बाहेक समझदारी, माया जस्ता अन्य थुप्रै कुरा पनि आवश्यक हुन्छ।
एक सम्बन्ध सुमधुर हुनको लागि दुबै तर्फबाट बराबर मायाको आवाश्यक हुन्छ। अन्यथा उक्त सम्बन्ध धेरै समय टिक्न सक्दैन। एक-अर्काको स्वभाव पनि जुन सुकै सम्बन्ध बलियो बनाउनको लागि महत्वपूर्ण कुरा हो। मानिसको स्वभाव उसको राशि अनुसार फरक हुन्छ भन्ने त तपाईंलाई थाहा नै होला तर के तपाईंलाई थाहा छ कि मानिसको कतिपय स्वभाव उनीहरुको नामको सुरुको अक्षरबाट पनि थाहा पाउन सकिन्छ।
यस्तोमा आज हामी तपाईंलाई केहि अक्षरबाट नाम हुने महिलाहरुको बारेमा बताउँछौं जसले आफ्ना प्रमी वा जीवनसाथीलाई अत्यन्त माया गर्छन्…..
A अक्षर
नामको पहिलो अक्षर A गरेका महिला निकै भावुक स्वभावका हुन्छन्। यी महिलाहरु कसैमा पनि छिट्टै विश्वास गर्ने किसिमका हुन्छन्। त्यसैले पनि यिनीहरुले एक पटक कसैलाई माया गरे भने आफूलाई भन्दा धेरै विश्वास र माया गर्ने गर्छन्।
B अक्षर
यस अक्षरबाट नाम गरेका महिला निकै संवेदनशील हुने गर्छन्। यी महिलाहरु छिट्टै कसैको प्रेममा पर्ने गर्छन्। आफूले माया गर्ने मानिसलाई अन्धो तरिकाले विश्वास गर्ने यिनीहरु आफ्नो प्रेमीलाई आफूलाई भन्दा बढी प्रेम गर्ने गर्छन्।
M अक्षर
M अक्षरबाट नाम सुरु हुने महिला निकै खुल्ला विचारका हुन्छन्। कसै माथि छिट्टै विश्वास गर्ने यी महिलाले एक पटक कसैको प्रेममा परे भने जीवनभर उनीहरुको साथ दिन तयार हुन्छन्।
P अक्षर
नामको पहिलो अक्षर P हुने महिलाहरु छिट्टै प्रेममा पर्छन्। यी महिलाहरु प्रेम विवाहमा विश्वास गर्ने किसिमका हुन्छन्। अरूलाई छिट्टै विश्वास गर्ने यी महिलाले कहिल्यै पनि आफ्नो प्रेमीलाई धोका दिन सक्दैनन्। यिनीहरुले पागल जसरी प्रेम गर्ने गर्छन्।