अरुको बारेमा अनावश्यक चासो राख्ने गर्छन् यी ३ राशिका मानिस !

ज्योतिषशास्त्र अनुसार राशिचक्रमा १२ वटा राशि हुन्छन्। यी मध्ये सबै राशिका मानिस कुनै न कुनै किसिमले एक-अर्कासँग फरक हुन्छन्। राशि अनुसार मानिसको स्वभाव पनि फरक हुने गर्छ। कुनै राशिका मानिस जन्मजात निकै क्रिएटिभ हुने गर्छन् भने कुनै राशिका मानिस धनको मामिलामा अन्य राशि भन्दा अगाडी हुन्छन्।

यस्तै, केहि यस्ता राशि पनि छन् जुन राशिका मानिस अरु मानिसको बारेमा जरुरत भन्दा धेरै नै चर्चा गर्ने गर्छन्। यी राशिका मानिसलाई अरु मानिसको काम-काजको बारेमा केहि बढी नै चासो हुन्छ। यी राशि निम्न अनुसार छन्…..

मिथुन राशि 

मिथुन राशिका मानिसको पेटमा कुनै पनि कुरा पच्दैन। धेरै मानिसको विश्वासिला मानिने यस राशिका मानिसलाई अरुको बारेमा चर्चा गर्ने शोक हुन्छ। अरुको कामको बारेमा आवश्यक भन्दा बढी चासो राख्ने यी मानिसलाई आफ्नो गल्ती कसरी लुकाउने भन्ने पनि राम्रोसँग थाहा हुन्छ।

तुला राशि 

न्याय प्रेमी मानिने तुला राशिका मानिसहरु जीवनमा उचित नियम अनुसार चल्ने गर्छन्। तर जब कुरा आउँछ अरुको यी मानिस अरुको चर्चा गरेर वा कुरा काटेर कहिल्यै पनि थाक्दैनन्। यस राशिका मानिसलाई अरु मानिसको बारेमा बिना काम चासो लाग्ने गर्छ। यस बाहेक भने तुला राशिका मानिस निकै दयालु किसिमका हुन्छन्।

कुम्भ राशि 

कुम्भ राशिका मानिस आफ्नो काममा कसैले पनि दखल गरेको पटक्कै मन पराउँदैनन्। तर यिनीहरुलाई भने अरुको कामको बारेमा निकै रुचि हुन्छ। कुम्भ राशिका मानिसको कुनै पनि कुरालाई बढाई-चढाई गरेर बोल्ने बानी पनि हुन्छ।

प्रकाशित : बिहिबार, बैशाख ०२, २०७८१९:४०

टिभी रिमोटको विषयमा झगडा पर्दा आमाले आफ्नै ३ वर्षकी छोरीको घाँटी थिचेर…….