शुभ कार्यमा महत्वपूर्ण भूमिका हुने शुक्र ग्रह १८ अप्रिल को दिन राती ११ बजेर २३ मिनेटबाट मेष राशिमा गोचर गर्दै उदाउनेछ। शुक्रको उदयसँगै विवाह, गृह प्रवेश जस्ता सबै प्रकारका मांगलिक तथा शुभ कार्य आरम्भ हुनेछ। वृष र तुला राशिका स्वामी शुक्र ग्रह कन्या राशिमा नीच र मीन राशिमा उच्च मानिन्छ। शुक्रको उदय हुँदा सबै १२ वटै राशिका शुभ-अशुभ प्रभाव पर्नेछ।
मेष राशि
मेष राशिका मानिसको आर्थिक पक्ष मजबूत हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवार र छिमेकीहरुसँगको सम्बन्ध सुमधुर हुनेछ। विवाह सम्बन्धि वार्ता सफल हुनेछ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। ससुराल पक्षबाट सहयोग मिल्नेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ हुनेछ।
वृष राशि
तपाईंले यस समयमा विभिन्न लक्जरी वस्तुहरू खरीद गर्नुहुनेछ। सन्तान प्रतिको जिम्मेवारी पूरा हुनेछ। घर-जग्गा किन्ने संकल्प पनि पूरा हुनसक्छ। कुनै कारणवश यात्रा गर्नुपर्नेछ। यात्रा लाभदायक साबित हुनेछ। धार्मिक गतिविधि तथा सामाजिक कार्यमा तपाईंको संलग बढ्नेछ। सरकारी क्षेत्रबाट विशेष लाभ मिल्ने सम्भावना उच्च रहेको छ।
मिथुन राशि
तपाईंले मनचाह सफलता प्राप्त गर्न सक्नुहुनेछ। आयका साधनहरू वृद्धि हुनेछन्, तर खर्च पनि अतिरिक्त हुनेछ। सन्तान सम्बन्धि चिताबाट मुक्ति मिल्नेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। विद्यार्थी वर्गले शिक्षा प्रतिस्पर्धामा राम्रो सफलता प्राप्त गर्नेछन्। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।
कर्कट राशि
सरकारी क्षेत्रमा रहेका मानसिको लागि यो समय सबैभन्दा शुभ साबित हुनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीहरुबाट सहयोग मिल्नेछ। व्यापारीहरुको लागि पनि यो समय अत्यन्त शुभ रहनेछ। यदि तपाईं कुनै पनि प्रकारको नयाँ व्यवसाय सुरु गर्न वा नयाँ सम्झौतामा हस्ताक्षर गर्न चाहानुहुन्छ भने यो समय अनुकूल रहनेछ।
सिंह राशि
आफ्नो साहस र बहादुरीको बलमा तपाईं कठिन परिस्थितिहरुमा पनि सजीलै विजयी हुन सक्नुहुनेछ। लिइएका निर्णयहरू र गरिएका कार्यहरूको सराहना गरिनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। कार्य व्यापारमा उन्नति हुनेछ। सामाजिक पद प्रतिष्ठा पनि बढ्नेछ। परिवारका सदस्यहरूबाट पूरा साथ सहयोग प्राप्त हुनेछ।
कन्या राशि
स्वास्थ्यमा नकारत्मक प्रभाव पर्न सक्छ, सजग रहनुहोला। कानूनी ममिलामा नापर्नु नै तपाईंको लागि राम्रो होला। तपाईंको मान-सम्मानमा वृद्धि हुनेछ। तपाईंको लागि कुनै सम्मान वा पुरस्कारको घोषणा हुनसक्छ। आफ्ना योजना गोप्य राखेर कार्य गर्नुभयो भने सफलता मिल्ने सम्भावना उच्च रहन्छ। आर्थिक लेन-देनमा भने विशेष सावधानी अपनाउनुहोला।
तुला राशि
कार्यक्षेत्रमा उच्च पदाधिकारी को भरपूर साथ सहयोग मिल्नेछ। सरकारी क्षेत्रबाट अधिक लाभ मिल्ने सम्भावना रहेको छ। दैनिक व्यापारीहरूको लागि यो समय अधिक अनुकूल हुनेछ। यदि तपाईं लक्जरी आईटमहरू किन्न चाहनुहुन्छ भने समय उपयुक्त हुनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ।
वृश्चिक राशि
तपाईंले यो समय हरेक निर्णय निकै सावधानीका साथ गर्नु पर्नेछ। गोप्य शत्रु बढ्नेछन्। विपक्षीहरूले अपमान गर्ने प्रयास गर्नेछन्। अनावश्यक झै-झगडामा नपर्नुहोला। यात्राबाट लाभ मिल्नेछ। यदि तपाईं विदेशी नागरिकताको लागि प्रयास गर्न चाहानुहुन्छ अवसर अनुकूल रहेको छ। विवाह-सम्बन्धित वार्तालापमा हल्का ढिलाइ हुन सक्छ।
धनु राशि
सन्तानको बारेमा रहेको चिन्ताबाट मुक्ति मिल्नेछ। विद्यार्थी वर्गले यो समयमा विशेष सफलता प्राप्त गर्ने पूरा सम्भावना रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। कार्य व्यवसायमा उन्नति हुनुका साथै कार्यक्षेत्रमा प्रतिष्ठा बढ्नेछ। साथी-भाईबाट पूर्ण साथ सहयोगको अपेक्षा राख्न सकिन्छ।
मकर राशि
मकर राशिका मानिसले यो समयमा मनचाह सफलता प्राप्त गर्न सक्छन्। परिवारमा मांगलिक कार्यको सुअवसर आउनेछ। विवाह सम्बन्धि वार्ता सफल रहनेछ। सरकारी विभागमा सेवाका लागि गरेको आवेदन सफल हुने देखिन्छ। साथी तथा आफन्तबाट सुखद खबर मिल्नेछ। घर-गाडी खरिद गर्न चाहनुहुन्छ भने समय अनुकूल रहेको छ।
कुम्भ राशि
तपाईंको स्वभावमा कोमलता आउनेछ। आफ्नो उदार व्यक्तित्वको कारण तपाईं कठिन परिस्थिति माथि पनि नियन्त्रण पाउन सक्नुहुनेछ। तपाईंको साहस तथा पराक्रममा वृद्धि हुनेछ। तपाईंको निर्णय तथा गरेको कामको सराहना गरिनेछ। धर्म तथा अध्यात्म तर्फ रुचि बढ्नेछ। सामाजिक कार्यमा तपाईंको संलग्नता बढ्नेछ।
मीन राशि
स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी आँखा सम्बन्धि समस्याले सताउन सक्छ। त्यसैले, सजग रहनुहोला। साथी-भाईसँग सुमधुर सम्बन्ध कायम राख्नुहोस्। आकस्मिक धन लाभको सम्भावना बन्नेछ। लामो समयको लागि कसैलाई दिएको पैसा पनि फिर्ता आउने सम्भावना रहेको छ। कायक्षेत्रमा षड्यन्त्रको शिकार भइएला।