सरकारले तोक्यो कोरोनाबाट अतिप्रभावित १४ जिल्ला, विद्यालयमा नजान अपिल ! [जिल्लाको सूची]

काठमाडौँ – कोरोना भाइरसको संक्रमणदर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाहरुका विद्यालय तत्काल बन्द गर्न आग्रह गरेको छ।

बिहिबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाको सूचीमा राख्दै विद्यालय बन्द गर्न आग्रह गरेको हो।

मन्त्रालयका अनुसार अति प्रभावित जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन्।

मन्त्रालयले यी १४ जिल्लामा बस्ने नागरिकहरुलाई विद्यालयमा सहभागी नहुन र हुनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्न आग्रह गरेको छ। त्यस्तै रात्रिकालीन व्यवसायहरू र भिडभाड हुने स्थानमा नजान र जिम हल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ मललगायत भीडभाड हुने स्थानमा सात बजेपछि सहभागी नहुन पनि आग्रह गरिएको छ।

श्रोत: स्वास्थ्य मन्त्रालय

प्रकाशित : बिहिबार, बैशाख ०२, २०७८१६:५९

पछिल्लो २४ घण्टामा ५३४ जना नयाँ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु !